एमसिसि बिरुद्ध आज बिशाल प्रदर्शन हुँदै,लाखौ जनता आउलान्त सडकमा ?

0
361

नेपालका लागि नेपाली पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम्सिसि ) बिरुद्ध आज माईतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । इन्डो प्यासिफिक इस्ट्राटिजीको परियोजना नेपाल भित्रिए देश नै नरहने दावी गर्दै सो पार्टीले सडक प्रदर्शन गर्न लागेको हो । आज बिहान ११ बजे माईतिघर मण्डलामा हुने बिरोध प्रदर्शनमा सहभागी हुन उक्त पार्टीका वरिष्ट उपाध्यक्ष डा सुरेन्द्र भण्डारीले अफिल गरेका छन् । राजधानीका नेवार समुदायको उल्लेख्य मात्रामा सहभागीता रहने भण्डारीले जानकारी दिएका छन् । बौदिक सम्पत्तिमा अमेरिकाको हक हुने,लेख परिक्षण नेपालले गर्न नपाउने,नेपालको संबिधान भन्दा उक्त परियोजनाको कानुन माथि हुने जस्ता राष्ट्रघाती प्रावाधानले देश सिक्किमीकरण हुने नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानेले बताउँदै आएका छन् । आज हुने प्रदर्शनबाट एमसिसि पास गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई धक्का दिने भण्डारीको भनाई छ ।

नेपाल पुकारसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष भण्डारीले कानुनी राजको प्रत्याभुति दिलाउन पनि अधिवक्ताहरुमाझ चुनौती थपिएको बताउँदै राष्ट्रवादीहरु एक हुनु पर्नेमा जोड दिए । कुनै पनि पेश र ब्यबसाय सुरक्षित नभएको बताउँदै सबै पेशा र वर्गका मानिसहरु देश प्रेमको भावना बोकेर सडकमा आउनुको विकल्प नभएको दावी गरेका छन् । देश भन्दा ठुलो दल होइन भन्दै राष्ट्रिय झण्डा बोकेर सडक प्रदर्शन गर्नुको विकल्प नभएको उनको भनाई छ । एमसिसि रोकिए वा पास हुने भन्ने निर्णय जनताको हातमा भएको दावी गर्दै उनले देश बचाउने अन्तीम अवसरको सदुपयोग गर्न आमनागरिकलाई भण्डारीले अपिल गरेका छन् ।