बाबुराम भट्राई बिरुद्ध विर गोर्खाली सडकमा उत्रँदै, हजारौ मोटरसाईकल र्यालीमा सहभागी हुने ।

0
983

पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईको बिभिन्न अभिब्यक्तिको बिरोधमा आज विर गोर्खालीले मोटर साईकल र्याली गर्ने भएको छ । राजधानीको धुम्बाराही पिपलबोट बाट दिउँसो १ बजे सुरु हुने र्याली नक्साल कमलपोखरी,डिल्लीबजार पुतलीसडक भृकुटिमण्डप भद्रकाली हुँदै माईतिघर मण्डलामा पुगेर कोण सभामा परिणत हुने विर गोर्खालीका संयोजक वसन्त विक्रम पाण्डेले जानकारी दिनु भएको छ । उनले आफ्नो फेसबुक स्टाटस मार्फत बिरोध जुलुसमा सहभागी हुन अपिल गरेका छन् ।

बाउ आमाको अगाडी छोराछोरी छोराछोरीको अगाडि बाउ आमा कतिका चुरा फुटे कतिका सिंदुर पुछिए कतिका काख रित्तिए त कति छोराछोरी टुहुरा बनाइए । कहिले पशुपतिनाथ कहिले कुमारीको अपमान । कहिले देश टुक्रा टुक्रा बनाउने भनाई त कहिले हाम्रो झण्डा जलाइयो। अब त हुन्न सार्‍है सहियो ।हामि सबै नेपाली सबै नेपालि गोर्खालि । त्यसैले जाइ कटक नगर्ने झिकि कटक नछाड्ने हाम्रा पुर्खाका सारगर्भित भनाईलाई हामिले पनि ब्यबहारमा रुपान्तरण गर्ने बेला आएको छ । त्यसैले आजको यो शान्तिपूर्ण कार्यक्रममा सम्पूर्ण राष्ट्र भक्तको उपस्थिति राष्ट्र राष्ट्रियताका लागि खाँचो छ । जय बिरगोर्खालि ।