एमसिसि बिरुद्ध बिद्धानहरुको एकै स्वर,कुनै हालतमा पास गर्न नदिने चेतावनी ।

0
651

नेपालका लागि नेपाली पार्टीले आयोजना गरेको एमसिसि बिरोधी सभामा सहभागी भएकाहरुले आफुहरु मर्न तयार छौ तर एमसिसि मान्दौनौ भन्दै कार्यान्वयन नगर्न आग्रह गरेका छन् । नागरिकता बिद्येयक र एमसिसि नरोकिए अबको केही बर्षमा देशको अस्तित्व नै खतरामा पर्ने उद्धघोष गरेका छन् । बक्ताहरुले एमसिसि प्रोजेक्ट आयो भने धार्मिक हिंसा भड्कने भन्दै कुनै पनि हालतमा प्रधानमन्त्री शेर बहादुर देउवालाई बाँकी नराख्ने बताएका छन् । सो पार्टीका वरिष्ठ अधिवक्ता प्रा डा सुरेन्द्र भण्डारीले नागरिकको बलमा मात्रै राष्ट्रघात रोक्न सकिने बताएका छन् ।

बिरोध सभामा बोल्दै श्री निवास आचार्यले नेपाली सेनाको अगाडी अमेरिकी सेनाको बुट बजाँरीदा कस्को मन दुख्दैन भन्दै सरकारलाई घेराबन्दी गर्न आग्रह गरे । नेपालको संबिधानभन्दा माथि हुने गरि देशको बिकासका नाममा अमेरिकी फौज भित्रन नदिने उहाँको भनाई थियो । उनले नेताहरुलाई भारत र निबाट आएका सामान जस्तै बिदेशीको दलाल भएको आरोप लगाउँदै अब गुरु महाराजहरु सडकमा आएर गोली खान तयार रहेको उद्धघोष गरे । अर्का बक्ता प्रा डा राम प्रसाद उप्रेतीले आफुलाई काम गरेर बस्न मन थियो तर देश नै नरहे कहाँ काम गरौला भन्दै देश जोगाउन सडकमा आउन आग्रह गरे । उनले बिना सर्त दिए जुन सुकैको देशले दिने सहयोग लिन सकिने भन्दै सर्त सहितको एमसिसि कुनै हालतमा नलिने बताए ।