आफुलाई मेमोरी किङको दावी गर्ने कालिकोट घर भएका विजय शाहीको मृत्यु भएको हल्ला गर्ने पहिलो ब्यक्ति हुन् उनका गूरु भनिने दिपक बहादुर शाही । उनले आफ्नो फेसबुकमार्फत विजयको अस्पताल लैजाँदा लैजाँदै निधन भयो भन्दै समवेदना दिए । त्यस पछि ज्वाला संग्रौला र मुकुन्द घिमिरेले पनि शाहीको फोटो सहित फेसबुकमा समबेदना दिंदै फेसबुकका न्यायधिष र युटुवेलाई दोष थोपरे । यति भए पछि सामाजिक सञ्जालमा विजय शाहीको निधनको खवरले आतंक नै मच्चियो । फ्यान फलोयर्सको फुई लगाउनेहरुले सत्य तथ्य के हो नबुझी अन्ट सन्ट पोष्ट गर्दा सुत्न लागेकाहरुमा त्रास फैलियो । सामाजिक सञ्जालमा राम्रा र सकारात्मक समाचार खासै चासो र रुचि नराख्नेहरु पनि यस्ता अविश्वसनिय र भ्रमपुर्ण समाचारको पछि लाग्ने गर्दछन् । विजय शाही फेक हुन कि रियल मेमोरी किङ नै हुन तर उनलाई जिउदै मार्ने प्रयास गर्नु राम्रो हुँदै होइन ।
फेक न्युजका कारण काठमाण्डौ प्रहरी मात्रै नभएर प्रधान कार्यालयका अधिकारी,सुर्खेत र कालिकोटका प्रहरी शाहीसँग सम्बन्धीत फोनका कारण हैरान भए । कालिकोट प्रहरीले विजय शाही घरमै आराम गरिरहेको पत्ता लागे पछि भ्रम आतंक बन्द त भयो फेरि यस्तै भ्रम आउने हो की भन्ने प्रश्न पनि तेर्सियो । कतै आफ्नै चर्चा कमाउन विजय शाहीले नै यो प्रोपोगाण्डा बनाएका त होइनन् ? ४० लाख भन्दा धेरै ठगीको आरोप लागेका शाही पब्लिक सिम्प्याथी बटुल्न मरेको हल्ला चलाउन पनि पछि नपर्ने धेरैको अनुमान छ । रह्यो युट्युवको कुरा भ्युज कै कारण अन्ट सन्ट भिडियो र टाइटर थमवेल हाल्ने युट्युवरहरुको कारण समाजमा यस्ता किसिमका घटना हुन पनि सक्छन् । अर्को कुरा पात्र र प्रवृत्तिका कारण समाजले बेला बेलामा यस्ता भ्रमपुर्ण समाचारको सामना गर्नु परेको छ । यसको न्युनिकरणका लागि भाईरल हुने होडबाजीमा जनता झुक्याउने पात्रहरुलाई कानुनी कारबाही गर्न जरुरी छ । अन्यथा विजय शाही जस्ता पात्र र प्रबृत्ति समाजमा मौदलाउँदै जाने कुरामा दुई मत छैन । तत्काल भ्रम फैलाउनेहरु कानुनी दायरामा आएको जनता सुन्न चाहन्छन् ।