एमसिसि पास गर्ने नेतालाई सिंहदरबार र संसदमै ठोक्ने, भुपुसैनिकले दिए डरलाग्दो चेतावनी ।

0
9626

भुपु सैनिक परिषद्का केन्द्रिय सदस्य हेम शंकर गिरीले एमसिसि पास गर्ने नेतालाई जनताले बाँकी नराख्ने बताएका छन् । नेपाल पुकार डट कमसँगको कुराकानीमा गिरीले जानाजान देश बिरुद्धको काम गर्र्नेलाई सुरक्षाकर्मीबाटै खतरा हुने समेत बताएका छन् । एमसिसि पास भएमा नेपालको अस्तित्व समाप्त हुने र बिदेशी सेनाको कृडास्थल बन्ने दावीका साथ उनले देशद्रोह गर्ने नेतालाई सलाम नहान्न जंगि अड्डा र प्रहरी हेड क्वाटरलाई आग्रह समेत गरे । आफु वर्दिमा हुँदा त्यही नेताको सुरक्षा गर्दै हिंड्ने रिटायर्ड भए पछि त्यहि नेताको बिरोध गर्ने भन्ने प्रश्नमा गिरीले आफुलाई लज्जा बोध भएको बताउँदै सैनिक र प्रहरीको अनुसाशनको सिामाले बाध्यता खडा गरेको भन्दै आत्मआलोचना समेत गरेका छन् । उनले एमसिसि पास भए सिंहदरबार र बानेश्वरमै नेताहरु असुरक्षित हुने तर्क गर्दै देशमा रगतको खोलो बग्ने घोषणा समेत गरे । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्वईटर मार्फत दिएको अभिब्यक्तिले नेपाली नागरिकलाई उत्तेजित बनाएको भन्दै आफ्ना भनाई तत्काल सच्चाउन सुझाव दिएका छन् । यदि त्यसो नगरेमा जनताले कारबाही गर्ने भन्दै समग्र नेपाली नागरिकलाई खवरदारी गर्न आग्रह गरेका छन् । गिरीसँगको कुराकानी भिडियोमा हेर्न सकिन्छ ।

हेम शंकर गिरीसँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।