धमाधम समातिन थाले फरार अभियुक्त,बैंकिङ कसुर र लेनदेन मुद्धाका दोषी पक्राउ ।

0
566

बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना ठहर भइ फरार रहेका ३ जनालाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका २ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका(४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन् । बैंकिङ कसूर मुद्दामा सुनितालाई ६ महिना कैद तथा ९ लाख ७८ हजार २ सय २५ रुपैयाँ जरिवाना, जगदेवीलाई ६ महिना कैद तथा ९ लाख ७९ हजार ६ सय ४९ रुपैयाँ जरिवाना र निर कुमारीलाई ६ महिना कैद र ९ लाख ७० हजार ३ सय ५६ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

लेनदेन मुद्दामा दोषी पक्राउ लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना महिलालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । सिरहा नगरपालिका–७ का ५५ वर्षीया किसतावरी सदा र ४५ वर्षीया सम्पो सदालाई उनीहरुकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लेनदेन मुद्दामा दोषी ठहर गर्दै सिरहा जिल्ला अदालतले उनीहरुलाई एक वर्ष कैद सजायको फैसला सुनाएको थियो । पक्राउ परेको दुवै महिलालाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।