भतिजोद्धारा काकीको निर्मम ह&त्या,२४ घण्टा नवित्दै समातिए अभियुक्त ।

0
670

मनोज डाँगी रुकुम पश्चिम,रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर ४ निवासी २५ वर्षकि मनकला खड्काको ह त्यामा उनकै भतिजोको संलग्नता रहेको पाइएको छ ।सोमबार राति भैसीलाई घाँस हाल्न गोठमा गएको समयमा उनको ह त्या भएको थियोे ।प्रदेश प्रहरी र तालिम प्राप्त कुकुरको सहयोगमा घटना घटेको २४ घण्टा भित्रै दोषीलाई नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी गणेश बहादुर ऐरले बताए । प्रहरीले आरोपतिलाई निजकै घरबाट नियन्त्रणमा लिएको छ । अत्यन्तै रहस्यमय रहेको घटनामा मृतकको सहोदर जेठाजुका दुई छोराहरुको संलग्नता रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

प्रहरीले घटनामा संलग्नताको आशंकामा एकै घरका तिनजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका दुई छोराको संलग्नता देखिन्छ, बाबुको संलग्नता हो या होइन थप अनुसन्धान भइरहेको छ,जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी अधिकारीको भनाई छ । प्रहरी स्रोतका अनुसार मनकलाको हत्यामा व्यक्तिगत रिसिवी रहेको पाइएको छ । मनकलाका श्रीमान रोजगारीको लागि मलेसिया गएका छन् भने घरमा ६ वर्षको एउटा छोरा मात्रै छन् । साँझ सात बजे आसपास नजिकैको भैंसी गोठमा भैसीलाई घाँस हाल्न घरबाट निस्कीएकी थिइन् । ९ बजे सम्म पनि घरमा नआएपछि मृतकको सासु र स्थानीयले खोजतलास गर्दा नजिकैको मकै बारीमा ला श फेला पारेका थिए । प्रहरीले घटनाको थप वास्तविकता बारे बिहीबार बिहान ११ बजे रुकुम पश्चिममा पत्रकार सम्मेलन गर्दै छ ।