एसिसि यू १९ क्रिकेटमा नेपालको लज्जास्पदहार

0
728

भदौ १२ काठमाण्डौ – मलेसियामा जारी एसिसि यु १९ क्रिकेटमा  नेपालले लज्जास्पदहार ब्योहोर्नु परेको छ । अफ्गानिस्तान बिरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।
क्वाललम्पुरको बायोमास ओभलमा नेपालले अफ्गानिस्तान सामु १२४ रनको  बिजय लक्ष्य दिँदा नेपाली क्रिकेटका दर्शकहरुलाई निराश बनाएको थियो ।

Nepal-U-19-Team-for-ACC-U19-Premier-2015
खेलमा सुनिल धमलाले ८६ बलमा ४ चौेकाको मद्धतले ४६ रन बनाँउदा योगेन्द्र सिंह कार्कीले ६१ बलमा २० रन मात्रै बनाउन सकेका थिए । प्रेम तामाङले ३५ बलमा २० रनमात्रै बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले १३ बलमा १० रन जोड्नु बाहेके अन्य ब्याट्मानहरुले दोहोरो अंक जोड्न नसक्दा नेपाल ४७.५ ओभरमा अलआउट हुन पुग्यो ।

खेलमा अफगानिस्तानका तर्फबाट जाय अर रहमान,परवेज मालाकेजीले ३,३ बिकेट लिएका थिए भने नबिन उलहकले २ तथा करिम जनतले १ विकेट लिएका थिए ।