सरकारलाई उखु किसानको अल्टीमेटम,भदौ ५ गतेबाट आन्दोलनको चेतावनी ।

0
670

उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्नो बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । रिोर्टस क्लवमा पत्रकार सम्ममेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम दिएका हुन् । उखु किसानहरुको दावी गरेको ९० करोडमध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रालयले विवादित भनी कार्यदलको प्रतिवेदनमार्फत् छिनोफानो गर्ने भनेपनि कार्यान्वयन गरेको समितिको गुनासो छ । उखु किसान र उद्योग मन्त्रालयवीच २०७७ साल पौष १३ गते दोस्रो पटक पाँचबुँदे सहमति भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सम्पूर्ण रकम भुक्तानी नगाइएको संघर्ष समितिले जनाएको छ । अहिले आएर २०७८ असार १७ गते धनकौल सर्लाहीस्थित अन्नपूर्ण चिनी उद्योगको बिक्री भएको सूचना प्रकाशित भएको थियो । २१ दिनभित्र मिलमा शोभालाल साह भन्ने व्यक्तिसँग सम्पर्क गरी किसानहरुले रकम दावी गर्नुपर्ने भनिएको थियो, सो अवधिमा रकम दाबी गर्न नसके किसानहरुले रकम पाउने छैन भनी उल्लेख गरिएको छ ।

गरिवलाई निशसुल्क विजुली,ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफू सर्वसाधारणलाई २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन् । यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन् ।अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्ने बताउँदै उनले निःशुल्क वा न्युनतम शुल्क निर्धारण गरी गरीब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गरिने बताइन् । मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढंगले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात गर्नु जरूरी रहेको बताइन् ।