मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर खुल्यो ।

0
345

मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयरका लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन पाइनेछ ।कुल निष्काशन भएको सेयरमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सेयर खरीदका सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँकी ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् । भित्री सूचनाको आधारमा सेयर कारोबार (इन्साइडर ट्रेडिङ) को आरोप लागेपछि नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो । बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करीव १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो ।