अमेरिकामा भरखरै गयो शक्तिशाली भुकम्प,क्षतिको विवरण आउन बाँकी,सुनामीको चेतावनी ।

0
402

अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ । यो भूकम्पको केन्दै जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टरले राज्यको दक्षिण भागमा सुनामीको चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस् । अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको छ । लस एन्जलस भन्दा २४० किलोमिटर टाढा रिजक्रेस्ट शहरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प गएको बताईएको छ । भूकम्पले रिजक्रेस्टमा अत्यधिक क्षती पुर्याएको स्थानीय भूगर्वविद् प्राध्यापक जोन रण्डलले बीबीसीलाई बताए । उनले अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पको केन्द्रबिन्दु घना बस्तीमा नहुनु नै भाग्यको कुरा भएको बताए । भुकम्पपछि रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको जानकारीमा उल्लेख छ । उक्त अस्पतालले करिब दुई दर्जन मानिसको सामान्य उपचार गरेको जानकारी दिएको छ । शहरका मेयर पेगी ब्रिडेनले सीएनएनलाई बताए अनुसार उक्त शहरमा संकटकालको घोषणा गरिएको छ । ‘हामीलाई भूकम्पको बानी परिसकेको थियो तर यस्तो शक्तिशाली भूकम्पको बानी हामीलाई थिएन,’ उनले भनिन् । ब्रिडेनका अनुसार केही व्यक्ति भवनबाट खसेको सामान खसेर घाइते भएका छन् भने ग्यास लाइन फुटेका छन् ।