हेमराज थापाको घोषणा,एमसिसि पास गर्नेलाई संसदमै थुन्ने ।

0
1653

युवा बिद्यार्थी हेमराज थापाले एमसिसि पास गर्ने नेता र सांसदलाई युवाको बलमा संसद भवनमै बन्दी बनउने बताएका छन् । नेपाल पुकारसँगको कुराकानीमा थापाले देशको अस्मिता विपरीत काम गर्ने कुनै पनि सांसदलाई देश भित्र बस्ने अधिकार नहुने तर्क गर्दै एमसिसि बिरुद्ध बोल्न आग्रह गरेका छन् । उनले यहि अवस्थामा पास भयो भने युवाहरुले सिंहदरवार,वालुवाटार र बानेश्वरको संसद भवन कब्जा गर्ने घोषणा समेत गरेका छन् । नेपालको कानुन नलाग्ने प्रोजेक्ट नेपाललाई नचाहिएको दावी गर्दै उनले ५० अर्बसँग सति गएर देश बरबाद गर्न नहुनेमा जोड दिए । नेपालको महालेखा परिक्षक भन्दा माथि रहेर कुनै पनि बिकास निर्माणका काम हुन नहुने उनको भनाई छ । देशमाथि संकट आएका बेला सडकमा नआए भोली कहाँ जाने भन्दै आमनागरिकलाई एमसिसि बिरुद्धको अब हुने निर्णयक आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् ।

अभियन्ताहरु ज्ञानेन्द्र शाही,ज्वाला संग्रौला,स्वागत नेपाल,पुण्य प्रसाई लगायतका बिचमा सहमती भएको खुलासा गर्दै अब देश ब्यापी आन्दोलन सुरुहरन लागेको जानकारी दिए । यो देशमा स्वतन्त्र नागरिक कम भएकाले आन्दोलनमा जनताको समर्थन नदेखिएको थापाको आरोप थियो । सबै दलका कार्यकर्ता हुँदा देश बेचिन लागेको उनको भनाई थियो । बुद्धिजिवी भनिएकाहरुले आफ्नो स्वार्थको लागि एमसिसिको समर्थन गरेको उनको दावी थियो । सशक्त आवाजका धनि प्रखर वक्ता हेमराज थापासँगको कुराकानी नेपाल पुकारको आधिकारीक युट्यव च्यानलमा हेर्न सक्नुहुनेछ ।