स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक एवं अधिवक्ता स्वागत नेपालले नेपाली भुमि रणमैदान बन्न नदिन सेना र प्रहरी सडकमा उत्रिनु पर्ने बताएका छन् । एमसीसी पास भए सेना र प्रहरीको अस्तित्व नै नरहने बताउँदै त्यसको बिरुद्ध खुलेर लाग्न आग्रह गरेका छन् । नेपाल पुकारसँगको कुराकानीमा नेपालले यस्का बिरुद्ध शनिवार माइतीघर मण्डलामा ब्यापक रुपमा हुन लागेको बिरोध कार्यक्रममा सहभागी हुन नागरिकलाई अपिल गरेका छन् । कोरोना लागे निको होला तर एमसीसी लागे कहिल्यै निको नहुने दावी गर्नै नेपालले बिआरआईको बिरोधमा अमेरिकाले सुरु गरेको सैन्य रणनिती सहितको इण्डो प्यासिफीकको अंग एमसीसीले चिन बिरोधी गतिबिधि गर्ने हुँदा त्यसलाई जनताको बलमा मात्रै रोक्न सकिने तर्क गरे । एमसीसीको कर्मचारी पुर्व कर्मचारीका कुनै पनि दोष नेपालको कानुनी क्षेत्राधिकार भित्र नपर्ने बताउँदै नेताहरु आफ्नो सिमित स्वार्थका लागि एमसीसीको पक्षमा लागेको दावी गरे । विष्लेषक भनिनेहरु अमेरिकाको प्रतिनिधी जस्तै गरी वकालत गर्दै हिंडेकोमा नेपालले आपत्ती जनाएका छन् ।
दलालका प्रतिनिधी बनेर देश द्रोहको पक्षपोषण गर्नेहरुलाई नेपालमा बस्ने अधिकार नभएको दावीका साथ समय आए पछि जनताले सबैको लेखाजोखा गर्ने बताए । आफुलाई सेनाको जासुस भन्ने आरोप लागेको प्रसंगमा उनले अमेरिका,भारत जस्ता दलालको प्रतिनिधी बन्नु भन्दा नेपाली सेनाको प्रतिनिधी बन्न तयार रहेको स्पष्टीकरण दिए । नोपलले एमसीसीको बिरोध गरेकै कारण आफु साुलेमानी बन्न परे पनि तयार रहेको बताएका छन् । एमाले नेता गोकुल वास्कोटालाई उनले कायरको संज्ञा दिएका छन् । देश प्रति गद्धारी गरेर बाच्नु भन्दा गोली खाउर मर्न तयार रहेको उनको भनाई थियो । खरो मन्तब्यका धनी विद्धान अधिवक्ता स्वागत नेपाल सँगको कुराकानी नेपाल पुकार अनलाईन टि भीमा हेर्न सक्नुहुनेछ ।