झापामा खोप बेचेको आरोपमा एक जना पक्राउ,अनुसन्धान सुरु ।

0
235

जनतालाई निशुल्क लगाउन भनी झापा पुर्याइएको कोरोना खोप होटलमा राखेर विक्री गरेको आरोपमा बिर्तामोडवासीले एक जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएका छन् । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्काले १० हजार रुपैयाँ लिएर होटलमा खोप लगाएको आरोप लगाउँदै स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरी र पत्रकार बोलाएका थिए । झापाका एसपी सानुराम भट्टराईका अनुसार स्थानीयको खबरपछि प्रहरीले घटनास्थल पुगेर खड्कालाई नियन्त्रणमा लिएको हो । खोपको केही डोजसमेत बरामद गरेर इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइएको भट्टराईले जानकारी दिनुभयो । ‘उहाँले होटल क्वारेन्टिनमा बस्नेलाई भनेर जिल्लाबाट आएको खोप भएको र कसैबाट पैसा नलिएको बताउनु भएको छ’ भट्टराईले भने, ‘विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ हालसम्म कसैले पैसा लिएको मौखिक वा लिखित उजुरी नदिएको उनले बताए । उजुरी परेमा ठगीमा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए । उजुरी नपरे पनि के गर्ने भनेर सरकारी वकिलसँग समन्वय र छलफल भइरहेको एसपी भट्टराईले जानकारी दिनु भयो ।

चिनबाट ६० लाख खोप आउँदै,सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको जनाएका हुन् ।यस्तै कोभ्याक्स सुविधामार्फत चीनले अनुदालनमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्त भित्र उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ । यस्तै भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुनेछ । असोज मसान्तभित्रमा कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने विश्वास मन्त्रालय गरेको छ ।