बोल्दा बोल्दै किन रोए स्वागत नेपाल,माईतिघर आन्दोलनका रोचक दृश्य ।

0
773

स्वतन्त्र राष्ट्रिय अभिायनका संयोजक तथा उन्नत लोकतन्त्र पार्टीले माईतिघर मण्डलामा आयोजना गरेको एमसीसी बिरोधी आन्दोलनमा अभियानका संयोजक स्वागत नेपाल भावुह हँुदै देश जोगाउन नागरिकलाई अपिल गरेका छन् । आफ्ना सहकर्मी योद्धा भाईराजा राईको कोरोनाको कारण निधन भएको स्मरण गर्दा भावुक बनेका थिए । नेपाल आमा बेच्ने साक्षी बस्ने दलका नेता र भातृसंगठनले आज सम्म देश र जनताका लागि के गरे भन्दै आक्रोश पोखेका थिए । गगन थापा,भिम रावल,योगेश भट्टराई र राजेन्द्र लिङदेनहरु जस्ता पब्लिसिटी स्टन्ट गर्नेहरु कहाँ छन् भन्दै प्रश्न गरे । देश जोगाउन सक्दैनौ भने घात गर्ने अधिकार पनि नभएको उनको भनाई थियो । आफ्ना चेली जोगाउन पनि एमसीसी रोक्नु पर्ने बताएका छन् । शनिवार भएको कार्यक्रममा स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले दिएको अभिब्यक्ति भिडियोमा हेर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोला पछिल्ला दिनमा अमेरीकन प्रोजेक्ट एमसीसी चर्चामा छ । एमसीसी नेपालको स्वतन्त्रता माथि बिदेशी हस्तक्षेप हुने गरी ल्याउन लागिएको धेरैको बुझाई छ । ठुला राजनितीक दलका नेताहरु अहिलेकै अवस्थामा पास गर्नु पर्ने अडानमा छन् भने केही नेताहरु परिमार्जन गरेर लागु गर्न सकिने पक्षमा खुलेका छन् । सामाजिक सञ्जाल र अनलाईन मिडियाहरुमा देखिने अभियन्ता र सिमित कानुन ब्यबसायीहरु मात्रै कुनै पनि हालतमा यो पास गर्न नहुने पक्षमा उभिएका छन्. । अमेरिकाले बिकास र पुर्वाधार निर्माणमा लगानी गर्ने अभिप्रायले ५५ अर्व नेपाली रुपैया सहयोग गर्ने भन्दै एमसीसी लागु गर्न चासो देखाएको छ तर अभियन्ताहरुको दवावका कारण आज सम्म कार्यान्वयनमा जान सकेको छैन । यस बिचमा बिभिन्न अभियानमा संलग्न भएकाहरु माईतिघर मण्डला पुगेर विरोधमा सहभागी हुने गरेका छन् ।

स्वतन्त्र राष्ट्रिय अभियान उन्नत लोकतन्त्र पार्टीले शनिवार आयोजना गरेको बिरोध प्रदर्शनमा अन्य अभियानको पनि संलग्नता रहने भनिए पनि नागरिकको समर्थन भने पाउन सकेको छैन । १० भन्दा धेरै अभियान र चर्चित अभियन्ताहरुको सहभागीतामा हुने विरोधमा पनि ४०,५० को संख्यामा मात्रै उपस्थिती देखिनुले कतै एमसीसीको बिरोधमा नागरीकको समर्थन नभएको पो हो की भन्ने प्रश्न उब्जिएको छ । सोसल मिडियामा नागरिकको ब्यापक समर्थन पाएको यो आन्दोलनले माईतिघरमा किन जनताको साथ पाएन ? एमसीसीको बिरोधमा आन्दोलनमा लागेकाहरुले यो बिषयमा ध्यान दिएका छन् या छैनन् ? एमसीसी बिरोधी आन्दोलनको सफलता या असफलता नागरिकको सहभागीमा नै भर परेको छ । आन्दोलनको नेतृत्व गर्नेहरु नागरिकको सहभागीता जुटाउन किन चुके त ? यस्का लागि उनिहरुले के के प्रयास गरे ? कि युट्युवमा बोल्ने भन्दा अरु कुनै प्रयास भएन ? आम नागरिक किन यस्तो राष्ट्रघाती सम्झौताको बिषयमा बोलीरहेका छैनन् ? यदि नागरिक नबोल्ने हो भने एमसीसी पास हुने निश्चिित छ ।