पारसलाई अभद्र ब्यबहार गर्ने प्रहरीलाई कारबाही गर्न शाही युवा शक्तिको माग ।

0
1192

दरवार निकटको शाही युवा शक्ति नेपालले पुर्व युवराज पारस शाह माथि शुक्रवार महाराजगञ्जमा भएको घटनामा प्रहरी दोशी रहेको दावी गर्दै कारबाहीको माग गरेको छ । नेपाल पुकार सँगको कुराकानीमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले पारसको पनि कम्जोरी रहेको स्विकार गर्दै पारसलाई उत्तेजित बनाएर बद्नाम गर्न खोजेको भन्दै प्रहरी राष्ट्र सेवक नभई दलका नेता मुखि भएको आरोप लगाए । दरबारलाई कम्जोर बनाउन बिभिन्न षड्यन्त्र भैरहेको दावी गर्दै अध्यक्ष खड्काले अब जनता जाग्नु पर्ने बेला आएको बताएका छन् । पारस जत्तिको देश भक्त मानिस नेपालले नपाउने भन्दै उनको पक्षमा सडकमा उत्रिनु पर्ने उनको तर्क थियो । ३ पटक मुटुको शल्यकृया गरेको कम्जोर शरिर भएका पारसलाई मादक पदार्थ सेवन गरेको आरोप लगाएर सिध्याउन खोजेको उनको आरोप थियो । दलका नेता कार्यकर्ताले हेलमेट लगाउन नपर्ने पारष शाहले अनिर्वाय लगाउनु पर्ने भन्दै प्रति प्रश्न गरे । अब पारस सेनाको स्क्र्टीङमा हिड्न सुझाव दिए ।

यो पनि पढ्नुहोस् पुर्व युवराज पारष शाहले शुक्रबार मोटर साईकल चलाउँदा हेलमेट नलगाएको र मादक पदार्थ सेवन गरेको आरोपमा प्रह*रीले कारबाही गर्न खोज्दा भएको घटना प्रति उनका समर्थकहरुले आक्रोश पोखेका छन् । महाराजगञ्ज चोकमा भएको घट*नाको पुर्वयुवराजका समर्थकहरुले सोही स्थानमा भेला भएर बि*रोध जनाएका हुन् । युवाहरुको आक्रो*शित भिडले टायर समेत बा*लेका थिए । पारषका समर्थकहरुले टा*यर बालेर बाटो अवरुद्ध पारे पछि प्रहरीले ब*ल प्रयोग गरेर बाटो खुलाएको थियो । पारषले सवारी नियम उल्लंघन गरेको भए कारबाही गर्नु पर्नेमा भिडियो बनाएर बद्नाम गर्न खोजेको उनका समर्थकहरुको आरोप थियो । बि*रोध प्रद*र्शनमा राजावादी बिभिन्न संगठनका प्रतिनिधीहरुको सहभागीता रहेको थियो भने कोण सभामा पारषको निजी सचिव सेनाका पुर्व कर्णेल मुनेन्द्र राजभण्डारीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा राजभण्डारीले राज परिवार र राजसंस्थालाई बद्नाम गराउन गणतन्त्रका मतियारहरुले गरेको सड्यन्त्रको प्रतिवाद गर्ने बताएका छन् । उनले गणतन्त्रका नाममा नेताहरुको मनपरितन्त्र चलेको आरोप लगाउँदै मतियारहरुसँग हिसाव किताव गर्ने घोषण गरे । पारस शाहका समर्थक र प्रहरी बिचको धक्का*मुक्की भएको भिडियो नेपाल पुकारको आधिकारीक Youtube च्यानलमा हेर्न सक्नुहुने छ ।