दार्चुला घटनाको चौतफी बिरोध,दिनभर भारतीय दुवास घेराउ ।

0
499

महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षाबल एसएसबीको ज्यादतीले ज्यान गुमाएका दार्चुलाका जय सिंह धामीको घटनालाई लिएर बिरोध सुरु भएको छ । बिभिन्न राजनितीक दल तथा अभियानले दैनिक जसो आन्दोलन थालेका छन् । आज मात्रै नेकपा एमालेको ससक्त भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भारतीय दुतावास अगाडी प्रदर्शन गर्ने भएको । त्यस्तै मोहन बैद्य निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्याथी युनियन क्रान्तिकारीले पनि भारतीय दुतावास अगाडी प्रदर्शन गर्ने भएको छ । उता सि पी गजुरेल नेतृत्वको देश भक्तगणतान्त्रीक मोर्चाले पनि रत्न संघर्ष थाल्ने बताएको छ भने ऋषि कट्टेल नेतृतवको नेकपा र विप्लव नेतृत्वको नेकपाले पनि रात्नपार्कमा बिरोध गर्ने बताएको छ । कांग्रेस नेर्तत्वको सरकार बने लगत्तै दार्चुलामा भएको घटनाले सिंगो देश बासीलाई नै उत्तेजित बनाएको छ । सरकारले हिजो मात्रै घटनाको सत्य तथ्य जाँच बुझ गर्न गृहमन्त्रालय मातहतमा छानविन समिती बनाएको छ ।

नेकपा एमालेको केपी ओली निकट राष्ट्रिय युवा संघले तुईन मार्फत महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षाबल एसएसबीले लठ्ठा काटिदिए पछि खोलामा झरेर ज्या*न गुमाएका जय सिंह धामीको पक्षमा बिरोध प्रद*र्शन गरेको छ । बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै युवा संघका उपाध्यक्ष अमित लामाले भारतीय सिमा सुरक्षा बलको ज्यादती नरोकिए सम्म दवावका कार्यक्रम जारी रहने बताएका छन् । उनले परमादेशको आडमा सरकार बनेको १ महिना नहुँदै भारतिय हस्क्षेप बढेको दावी गर्दै ओली नेतृत्वको सरकार हुँदै कसैले हेप्न नसकेको तर्क गरे । वानेश्वर स्थित युवासंघको कार्यालयबाट सुरु भएको जुलुस चोक नजिकै रहेको निषेत्रित स्थान अगाडी पुगेर सभामा परिण भएको थियो । जुलुसमा सहभागी युवाहरुले गृहमन्त्रीको राजिनामा माग गर्नुका साथै घटनाको सत्य तथ्य बाहिर ल्याउँदै दोशीलाई कारबाही गर्न माग गरेका थिए ।