जय सिंह धामीलाई शहिद घोषणा गर्न माग,गृहको टोली आज दार्चुला जाँदै ।

0
454

राष्ट्रिय युवा संघ नेपालले लैनचौर स्थित भारतीय दुतावास अगाडी बिरोध प्रदर्शन गरेको छ । दार्चुलाका युवा जय सिंह धामीले भारतीय सिमा सुरक्षा बलका कारण अकालमा ज्यान गुमाउनु परेको घटना प्रति आक्रोश ब्यक्त गर्दै राजधानीको लैनचौरमा रहेको दुतावास अगाडी बिराधे गरेको हो । युवासंघका आक्रोशीत युवाले भारतीय सिमा सुरक्षा बलमाथि कारबाहीको माग गर्दै नारा जुलुस गरेका थिाए । युवाहरुले घटनाको सत्य तथ्य छानविन गरी दोशीलाई कारबाही गर्न माग गरेका छन् । सोमबार दिनभर भारतीय दुतावास अगाडी बिभिन्न राजनितीकदलका भातृसंगठनहरुले घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए । मोहन बैद्य नेतृत्वको क्रान्तीकारी माओवादी,सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चा,नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपाले राजधानीको रत्नपार्क लगायतका स्थानमा बिरोध प्रदर्शन गरेका थिए । उता गृह मन्त्रालयले सहसचिवको नतृत्वमा ३ सदसिय छानविन समिती बनाएको समितीका सदस्यहरु आज धनगढी हुँदै दार्चुला जाँदै छ । उक्त समितीले प्रत्यक्षदर्शी लगायत घटनामा संलग्न भारतीय सिमा सुरक्षा र भारतीय अधिकारीसँग पनि छलफल गर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् । महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षाबल एसएसबीको ज्यादतीले ज्यान गुमाएका दार्चुलाका जय सिंह धामीको घटनालाई लिएर बिरोध सुरु भएको छ । बिभिन्न राजनितीक दल तथा अभियानले दैनिक जसो आन्दोलन थालेका छन् । आज मात्रै नेकपा एमालेको ससक्त भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भारतीय दुतावास अगाडी प्रदर्शन गर्ने भएको । त्यस्तै मोहन बैद्य निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्याथी युनियन क्रान्तिकारीले पनि भारतीय दुतावास अगाडी प्रदर्शन गर्ने भएको छ । उता सि पी गजुरेल नेतृत्वको देश भक्तगणतान्त्रीक मोर्चाले पनि संघर्ष थाल्ने बताएको छ भने ऋषि कट्टेल नेतृतवको नेकपा र विप्लव नेतृत्वको नेकपाले पनि रात्नपार्कमा बिरोध गर्ने बताएको छ । कांग्रेस नेर्तत्वको सरकार बने लगत्तै दार्चुलामा भएको घटनाले सिंगो देश बासीलाई नै उत्तेजित बनाएको छ । सरकारले हिजो मात्रै घटनाको सत्य तथ्य जाँच बुझ गर्न गृहमन्त्रालय मातहतमा छानविन समिती बनाएको छ ।

नेकपा एमालेको केपी ओली निकट राष्ट्रिय युवा संघले तुईन मार्फत महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षाबल एसएसबीले लठ्ठा काटिदिए पछि खोलामा झरेर ज्या*न गुमाएका जय सिंह धामीको पक्षमा बिरोध प्रद*र्शन गरेको छ । बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै युवा संघका उपाध्यक्ष अमित लामाले भारतीय सिमा सुरक्षा बलको ज्यादती नरोकिए सम्म दवावका कार्यक्रम जारी रहने बताएका छन् । उनले परमादेशको आडमा सरकार बनेको १ महिना नहुँदै भारतिय हस्क्षेप बढेको दावी गर्दै ओली नेतृत्वको सरकार हुँदै कसैले हेप्न नसकेको तर्क गरे । वानेश्वर स्थित युवासंघको कार्यालयबाट सुरु भएको जुलुस चोक नजिकै रहेको निषेत्रित स्थान अगाडी पुगेर सभामा परिण भएको थियो । जुलुसमा सहभागी युवाहरुले गृहमन्त्रीको राजिनामा माग गर्नुका साथै घटनाको सत्य तथ्य बाहिर ल्याउँदै दोशीलाई कारबाही गर्न माग गरेका थिए ।