सप्तऋषि आयुर्वेदको नाममा टिकारामको ठगी धन्दा,योहो टिभीले गर्यो पर्दाफास ।

0
1068

मध्यवानेश्वरमा रहेको सप्तऋषि आयुर्वेद प्रा लीका सञ्चालक टिकाराम बुडाथोकीले बिभिन्न रोगको प्राकृतिक उपचार गरिदिने नाममा ठगीधन्दा गर्ने गरेको खुलेको छ । बिगत ५ बर्ष यता उनले हजारौ सोझा साझा नेपालीलाई २२ किसिमको रोग निको हुने दावीका साथ ५ सय को औषधिलाई १५ हजार रुपैयाँ सम्ममा आयुर्वेदिक धुलो खुवाउँदै आएको खुलासा भएको हो । क्यान्सर,डिप्रेसन,पागलपनको उपचार गर्ने बहानामा झापा घर भएका टिकाराम बुडाथोकीले सोझा साझा जनतामाथि ठगी गरेको योहो टिभीले खुलासा गरेको हो । सो टिभीले भिडियो रिपोर्ट निर्माण गरेको जानकारी पाए पछि टिकाराम टिभीलाई आर्थिक प्रलोभनमा पार्न कार्यालयमै पुगेको भिडियोमा देख्न सकिन्छ ।

सोही आयुर्वेदमा कार्यरत एक कर्मचारी एलिसा रायमाझीले औषधि बनाउने र वितरण गर्ने लगायतका सबै काम अबैध हुने गरेको ति पुर्व कर्मचारीले सार्वजनिक गरेकी छिन् । टिकारामसँग न त औषधि सम्बन्धी कुनै जानकारी वा तालिम नै लिएको अनुभव छ तर खुलेआम भारतको राजस्थानबाट ल्याएको धुलोलाई क्यान्सरको औषधि हो भन्दै १५ हजार सम्म असुलेर ठगी गर्दै गरेको तथ्य सहितको भिडियो योहो टिभीले प्रशारण गरेको छ । सञ्चार माध्यमले तथ्य सहित समाचार प्रशारण गरे पछि प्रहरीले त्तकाल उनलाई हिरासतमा लिएर आवश्यक छानविन गर्न जरुरी छ । यो पनि पढ्नुहोस् । पुर्व सुरक्षाकर्मी परिषद्ले एमसीसीको बिरोध गरेको छ । काभ्रेको बनेपामा आयोजित बिरोध सभामा बोल्ने अधिकाँश बक्ताले देशको अस्मिता माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

जनता केही बोल्दैनन् हामीले जे गरे पनि हुन्छ भन्ने समय सकिएको बताउँदै नेपाली सेनाका पुर्व जर्नेल डा प्रेम सिंह बस्न्यातले नेताको अत्याचारका बिरुद्ध जनता जागि सकेको धारण राखे । सिंहले काँग्रेस भन्ने पार्टी राष्ट्रघाती हो की देश प्रेमी हो भनेर जनताले चिन्ने मौका आएको धारणा राख्दै पुर्व सुरक्षाकर्मीहरु अब चुप नवस्ने बताए । सेना र प्रहरी बर्दी लगाएका सुरक्षाकर्मी हुन् भने आम नागरीक बर्दि बिनाको सुरक्षाकर्मी हुन् भन्दै देश जोगाउने दायित्व अब नागरिकमा सरेको उनको धारणा थियो । नेपाल आमाको रक्षाको लागि जस्तो सुकै योगदान दिन पुर्व सुरक्षाकर्मी तयार रहेको धारणा राख्दै उनले देश बेचिँदा आफुहरु टुलुटुल हेरेर बस्न नसक्ने बताएका थिए ।

कार्यक्रममा पुर्व सुरक्षाकर्मी परिषद्का अध्यक्ष के वी राउतले माटोको अस्मिताका लागि जस्तो सुकै कदम चाल्न तयार रहेको धारणा राखेको थिए । कार्यक्रम पुर्व सुरक्षाकर्मी परिषद् काभ्रेको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको भिडियो यो लिंक मार्फत हेर्न सकिन्छ । यो पनि पढ्नुहोस भुपु सैनिक परिषद्का केन्द्रिय सदस्य हेम शंकर गिरीले एमसिसि पास गर्ने नेतालाई जनताले बाँकी नराख्ने बताएका छन् । नेपाल पुकार डट कमसँगको कुराकानीमा गिरीले जानाजान देश बिरुद्धको काम गर्नलाई सुरक्षाकर्मीबाटै खतरा हुने समेत बताएका छन् । एमसिसि पास भएमा नेपालको अस्तित्व समाप्त हुने र बिदेशी सेनाको कृडास्थल बन्ने दावीका साथ उनले देशद्रोह गर्ने नेतालाई सलाम नहान्न जंगि अड्डा र प्रहरी हेड क्वाटरलाई आग्रह समेत गरे ।