देउवा सरकारको बोल्ड निर्णय,अब नेपालमै बन्ने भयो को,रो,नाको खोप ।

0
557

सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले बताए । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिन गरिएको हुनाले त्यसको सिकेका गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको हो । जस्तै बंगलादेशले रसियन खोप उत्पादक कम्पनीलाई आफ्नै देशमा उत्पादनको अनुमति दिएको छ भने भारतले पनि सेरम कम्पनीमार्फत अस्ट्राजेनिकाको कोभिसिल्ड खोप उत्पादन गर्दै आएको छ । सोही खोप नेपालमा पनि आयात गरिँदै आएको छ । नेपालले पनि अब यसैगरी खोप उत्पादन गर्न चाहने विदेशी कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ ।

पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोनाभाइरस संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृ,त्यु भएको जनाएको छ । यस्तै १९९४ जना संक्रम,णमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसी,आर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टि,जेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । जसमध्ये ६ लाख ६० हजार ११६ जना संक्रम.णमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको मृ,त्यु भएको छ । हाल संक्र.मण दर ९४ प्रतिशत रहेको छ अर्थात देशभर ३२ हजार ५९ जना सक्रिय संक्र,मित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनाको नमुना परीक्षण भएको थियो ।