हाम्रा नेताहरु भ्रष्ट्रा,चार मात्रै गर्छन् जनताको सेवा गर्दै गर्दैनन् । आफन्त मैत्री काम गर्छन निर्वाचन सकिए पछि जनता चिन्दैनन् मोज मस्ती गदर्छन राज्यको ढुकुटीको दुरु.पयोग मात्रै गर्छन् देश खो.क्रो पार्छन र गाउँबाट चप्पल पड्काँउदै शहर पसेकाहरु महंगा गाडीमा हुईकिन्छन् देश र जनातको पक्षमा मा.खो पनि मार्दैनन् भन्ने आम नागरिकले शंका गरिरहेको बिषय हो ।
अल्प,विकसीत देशको अवस्थामा रहेको नेपालमा एउटा सियो पनि बन्दैन भन्न हामीलाई त लाज लाग्छ तर हाम्रा नेतालाई केही फरक पर्दैन । तर त्यही देशका नेताहरु करौडौको गाडी चड्छन् भन्दा हामी जानगरिकलाई लाज लाग्छ नेताहरुलाई कुनै संकोच लाग्दैन । नेता र जनतामा यस्तै यस्तै भिन्नता पाइन्छन् । लोकतान्त्रीक गणतन्त्रका नागरिक रोग र भोकले मरि रहेका छन् नेताहरु करौडौको गाडीमा हुँईकिरहेका छन् । तसर्थ हामीले खोज्नै पर्ने भएको छ कुन नेता कुन कम्पनीको कति महंगो गाडी चढ्छन् ?
प्रधानमन्त्री शेर बहादुर देउवा सरकारी सुबिधाको टोयटाको प्राडो चढीरहेका छन् भने अन्य समयमा देउवा आफ्नै टोयटा प्राडो भि एट मा हुँकिने गरेका छन् । निवर्तमान प्रधानमन्त्री के पी ओलीले पनि सरकारी सुबिधाको प्राडो भि एट छोडेका छैनन् । यो गाडीको बजार मुल्य ४ करोड भन्दा माथि रहेको छ । पुर्व राजा ज्ञानेन्द्रले पनि टोयटा प्राडो भि एट नै चढ्ने गरेका छन् । पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका सुप्रिमो प्रचण्ड पनि टोयटाको प्राडो मै हुँईकिने गरेका छन् । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्राईले लामो समय महिन्द्राको स्कारपियो प्रयोग गरे भने यो भिडियो कैद गर्दा उनि किया सेल्टसमा सवार भएका भेटिए । गाडी हेर्दा कुनै अस्पतालको जस्तो देखिने यो गाडी उनको आफ्नै हो या अस्पतालको हो तर यसको बजार मुल्य ६० लाख भन्दा माथि रहेको छ ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल भने पुरानो मोडलको महिन्द्रा कम्पनीको स्कारपियो चड्ने गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव जिप कम्पनीको आराम दायी गाडी चड्ने गरेका छन् । उनले प्रयोग गरेको यो गाडीको बजार मुल्य ८५ लाख भन्दा माथी रहेको छ । एमालेका नेता तथा पुर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम महिन्द्रा कम्पनीको एक्सयुभि प्रयोग गर्छन् यस्को बजार मुल्य ४० लाख माथि रहको छ । अब कुरा गरौ चर्चामा रहेका नेताहरुको, आम नागरिकले छिट्टै प्रधानमन्त्री भएको देख्न चाहेका नेपाली काँग्रेसका युवा नेता गगन थापा कुन गाडी चढ्लान्न त ? बिगतमा हुण्डाई कम्पनीको आई टेन प्रयोग गरेका गगन स्वास्थ्य मन्त्री भएपछि रेनल्ट कम्पनीको डस्टर गाडी प्रयोग गर्दै आएका छन् । यो गाडीको हालको बजार मुल्य ४१ लाख भन्दा माथि रहेको छ ।
एमालेका आशाका केन्द्र बनेका योगेश भट्टराई मन्त्री भएपछि सुजुकी कम्पनीको ब्रिजा गाडी प्रयोग गर्दै आएका छन् । यो गाडीको बजार मुल्य ४५ लाखको हाराहारीमा रहेको छ । एमालेका भिम रावल पुर्व गृहमन्त्री पनि हुन् उनी मारुती कम्पनीको स्विफ्ट गाडी चड्दै आएका छन् यसको बजार मुल्य ३२ लाख रहेको छ । एमाले नेता तथा ७० करोडको आरोप लागेका पुर्व सञ्चारमन्त्री गोकुल वास्कोटा पनि रेनल्ट कम्पनी कै डस्टर नामक गाडी चढ्नेमा पर्छन् । भक्तपुरका सांसद महेश बस्नेत महिन्द्रा कम्पनीको नयाँ मोडलको स्कारपियो प्रयोग गर्दछन् । यो गाडीको हालको बजार मुल्य ५० लाख भन्दा माथि रहको छ । एमाले नेता पार्वत गुरुङ टोयटाको प्राडो चढेर संसद भवन छिरेका थिए उनले प्रयोग गरेको यो गाडी सरकारी सुबिधाको पनि हुन सक्छ ।
एमाले नेता तथा पुर्व मन्त्री प्रदिप ज्ञवाली टाटा कम्पनीको सफारी गाडी प्रयोग गर्छन् । यो गाडीको बजार मुल्य ६८ लाख भन्दा माथि रहेको छ । ब्यापारी तथा सांसद रघुबिर महासेठ र उनकी पत्नीले महंगो गाडी चड्नु कुनै चर्चाको बिषय भएन । एमाले नेता वसन्त नेम्वाङ फोर्ड कम्पनीको इण्डभअर ट्रेण्ड नामक गाडी चड्छन् यसको बजार मुल्य १ करोड २१ लाख भन्दा माथी रहेको छ । पुर्व शहरी बिकास मन्त्री तथा सजपाका नेता मोहम्मद इस्तियाक राई पनि टोयटाको महंगो प्राडो नै प्रयोग गर्छन् । स्वास्थ्य मन्त्रीबाट पदमुक्त भएका ह्रिदयश त्रिपाठी करोड मुल्य बराबर पर्ने टोयटाको हाइलक्स प्रयोग गर्छन् भने १२ दिन गृहमन्त्री भएका खगराज अधिकारी हुण्डाई कम्पनीको आई २० एक्टिभ चढेर संसद पुगेका थिए । देशको आर्थिक अवस्था धारासायी भए पनि नेताहरुको आर्थिक अवस्था मजबुत देखिएको छ । उनिहरुले चढेको गाडीले खपत गर्ने तेल र मर्मत खर्च आम्दानीको कुनै स्रोत नभएका नेताले कहाँबाट ब्यबस्था गर्लान् अझ गज्जवको प्रश्न त यहाँ छ । खैर नेताहरुले चढेको गाडी र उनिहरुको बिलासी जिवनको हामीले निन्दा गरेका होईनौ मात्रै जनतालाई सुचना प्रदान गरेका हौ ।