विश्व साईकल यात्री कम्बोडियामा लुटिए,पैदल यात्री भन्छन् नेपाल धर्तीको स्वर्ग हो ।

0
326

बिश्व साईकल यात्री अजित बराल कम्बोडियामा लुटिएका छन् । लाओसबाट कम्बोडिया छिरे पछि सरकारी सुरक्षाकर्मीबाटै ५ सय डलर लुटिएको उनले बताएका हुन् । अफ्रिकन मुलुकमा अझै लुटपाट र असुरक्षा रहेको बरालले खुलासा गरेका छन् । आफुहरुलाई अनावश्यक दुख दिएको सुनाउँदै उनले बिश्व साईकल यात्रीको दुख अनुभव रहेको बताएका छन् । नेपाल पुकारसँगको कुराकानीमा बराल र श्रेष्ठले नेताहरुको अकर्मण्यताका कारण देश गरि भएको बताए । सहि ब्क्ति सहि ठाउँमा नहुँदा भ्रष्ट्राचार जन्य घटना बढिरहेको उनिहरुको भनाई छ । धर्तीको स्वर्ग जस्तो देश नेपालको महत्व संसार भर पुर्याउन सके नेपालीहरुले बसी बसी खान पाउने उनिहरुको धारणा छ । पैदल यात्री सन्तोष श्रेष्ठले आफुलाई दार्चुलाको काला पानी हेर्न नदिइएकोमा दुख ब्यक्त गरेका छन् । प्रशासन कार्यालयले जान नदिए पछि निराश हुँदै राजधानी फर्किएका थिए । बिश्व साईकल यात्राका क्रममा बरालले भोगेको अनुभव र नेपाल पैदल यात्राका क्रममा सन्तोष श्रेष्ठले गरेको अनुभुति भिडियोमा हेर्न सक्नुहुनेछ ।