प्रदेश सांसद ओलीको खुलासा मलाई मुख्यमन्त्री निवासमा ब,न्ध,क बनाइयो ।

0
544

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘ब,न्ध,क’ बनाएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको बताएकी हुन् ।
आफूले १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उनले भनिन्, ‘म माओवादी केन्द्र हो, माओवादीमै रहन्छु ।’यसरी पुर्‍याइयो मुख्यमन्त्री निवास, १५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको उनले बताएकी छन् । उनीहरुले एमालेमा आउन दबाव दिएको, तर आफूले यसअघि नै इन्कार गरेको बताइन् ।

आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको बताउँदै भनेकी छन्, ‘विश्वास गरेर गाडीमा बसें ।’तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें । उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।’‘जबरजस्ती हस्ताक्षर गराइयो’मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले बताएकी छन् । उनले अघि भनिन्, ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’

मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उनले बताएकी छन् । थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको भन्दै उनले भनेकी छन्, ‘दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनुभयो थाहा छैन ।’त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उनले भनिन्, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो ।’आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उनले बताएकी छन् । नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना खोपको मूल्य सार्वजनिक गर्न माग गरेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग गरेको छलफलमा सांसद अधिकारीले भने, ‘राष्ट्रको ढुकुटी गएको छ, मोर्डनाको मूल्य कति हो ? भेरोसेलको मूल्य कति हो ? जोनसन एण्ड जोनसनको मूल्य कति हो ? यो हामीले थाहा पाउनुपर्‍यो ।’

चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप खरिदका लागि अघिल्लो सरकारले नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार केही खोप आइसकेको छ भने केही आउने क्रममा छ । नयाँ सरकारले थप ६० लाख भेरोसिल खरिदका लागि सिनोफार्मसँग सम्झौता गरेको छ भने फाइजरको ४० लाख, मोर्डनाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत भुक्तानी गरेको छ । जोनसन एण्ड जोनसनको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिद प्रक्रिया सुरु गरेको छ । १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीका फाइजरको ६० लाख खोप पनि खरिदको प्रक्रियामा छ । तर सुरुमा भारतको सेरमसँग खरिद गरेको २० लाख बाहेक अरु खोपको मूख्य सार्वजनिक भएको छैन । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले भने खोपको मूल्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले भने, ‘भ्याक्सिनको मूल्य के हो ? कसरी नेगोसिएसन भयो ? यो हामीले थाहा पाउनुपर्छ ।’