एमसीसी पास गर्ने नेताको हात का ट्ने लाई ५ लाख पुरस्कारको घोषणा ।

0
750

सचेत नेपाली पार्टीले एमसीसी पास गर्ने नेताको हात का,ट्ने ,लाई ५ लाख इनामको घोषणा गरेको छ । शुक्रबार माईतिघर मण्डलामा आयोजित बि,रोध कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका संयोजक पुण्य प्रसाईले बिरताको इतिहास रचेको देश परा.धिन बनाउन खोज्ने कार्य कुनै पनि हालतमा सह्यि नहुने बताएका छन् । उनले राष्ट्रको हित विप.रीत हुने एमसीसी सम्झौता कार्यान्वयन गरे जनताले प्रति,कार गर्ने बताउँदै हस्ताक्षर गर्ने सांसदको हात .का ट्ने लाई ५ लाख पुरस्कार दिने घोषणा गरे । आपसमा मिलेर बसेको भारत,नेपाल र चिन बिचको सम्बन्ध अमेरिकाको स्वार्थका कारण बिगार्न नहुने तर्क गर्दै प्रसाईले नेताहरुको दास,तावादी सोच नेपाली नागरिकले किन स्विकारर्ने भन्दै प्रति प्रश्न गरे । उनले देश बेचिएको सा,क्षीबस्नु भन्दा म,र्न तयार रहेको ठोकुवा गरे । माईतिघर मण्डलामा बि.रोध प्रदर्शन नगर्न महानगरिय प्रहरीले निषेध आदेशको सुचना टाँस गरे पनि बिरोधका कार्यम भने चलि रहेका छन् । मण्डलामा सचेत नेपाली पार्टीले आयोजना गरेको कार्यक्रमको पुरा भिडियो नेपाल पुकार डट कमको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।

एमसीसी रोक्न पुर्व राजालाई विन्तीपत्र,दुतावास अगाडी नारावाजी । दरवार निकटको राष्ट्रवादी नागरिक समाजले राजालाई बिन्तीपत्र बुझाएको छ । महाराजगञ्ज चोकबाट नारावाजी गर्दै निर्मल निवास पुगेको जुलुसले एमसीसी बिरुद्ध नारावाजी गरेको थियो । उनिहरुले महाराजगञ्जमा रहेको अमेरिकन दुतावास अगाडी पुगेर एमसीसीको बिरोध गरेका थिए । जिल्ला प्रंशासन कार्यालय काठमाण्डौले कोभिड संक्रमणको दर फेरि बढेको बताउँदै सभा समारोह नगर्न सुचित गरे पनि बिरोध कार्यक्रमहरु चलिरहेका छन् । निर्मल निवास पुगी पुर्व राजा ज्ञानेन्द्रलाई एमसीसी रोक्न पहल गर्ने सम्बन्धी ब्योहोराको बिन्तीपत्र बुझाएका थिए । त्यसपछि समर्थकलाई सम्बोधन गर्दै राष्ट्रवादी नागरिक समाजका संयोजक चन्द्र बहादुर रामदाम (चवरा)ले राष्ट्रघाती एमसीसी ल्याएर देश बिनास गर्न खोजेको भन्दै नेताहरुलाई त्यसो नगर्न दवाव दिएका थिए ।