पुर्व सुरक्षाकर्मी परिषद्को निष्कर्ष दार्चुला घटना पाशविक ।

0
1200

पुर्व सुरक्षाकर्मी परिषद्ले दार्चुला घटनाको भत्सर्ना गर्दै सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । भारतीय सिमा सुरक्ष बल एस एस बीको ज्यादतीको सिमा नाघेको बताएको छ । परिषद्ले घटनालाई मानविय मुल्य मान्यतालाई ख्याल नगरी गरिएको पाशविक घटना भनेको छ । दार्चुलाको ब्यास गाऊपालिका २ माल बस्ने निबृत्त नभएका ३३ बर्षिय पुर्व सैनिक जय सिंह धामी महाकाली नदिमा बेपत्ता हुनु सामान्य घटना नभएको भन्दै पुर्व सुरक्षाकर्मी परिषद्को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै परिषद् अध्यक्ष के वी राउतले धामीलाई महाकालीमा बेपत्ता बनाउने कार्यमा संलग्न जो सुकै भए पनि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन। धामीको परिवारलाई उचित क्षतिपुर्ति दिन तथा बालबालीकाको लालन पालन र शिक्षाको राज्यले जिम्मा लिनु पर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ । सो घटनाका प्रत्यक्षदर्शीले दिएको जानकारीका आधारमा सरकार स्तरबाटै घटनाको वास्तविकता बाहिर ल्याउन पुर्व सुरक्षाकर्मी परिषद्ले सरकारसँग जोडदार माग गरेको छ ।