एमसीसी पास गर्नेलाई पानी मुनि गए पनि नछोड्ने चेतावनी।

0
834

मोहन बैद्य नेतृत्वको क्रान्किारी माओवादीको भातृसंगठन अखिल क्रा,न्तिकारीका अध्यक्ष हरि कृष्ण गजुरेलले एम.सी.सी रोक्न आफुहरु ख.रानी हुन तयार रहेको बताएका छन् । माईतिघर मण्डलामा आयोजित एम सी सी बिरोधी कार्यक्रममा बोल्दै गजुरेलले संसदमा मत बिभाजनको क्रममा मत नदिन सांसदहरुलाई आग्रह गरे यदि आफुहरुको आग्रह बिपरीत एमसीसी पास गरेमा सांसदहरुलाई टिक्न नदिने बताएका छन् । उनले सांसदहरुलाई खोजी खोजी जनताले कार बाही गर्ने बताएका हुन् । आफुहरु सुले मानी हुन तयार रहेको तर राष्ट्रघात गर्नेहरुलाई कुनै हालतमा माफि नदिने उनको धारणा थियो । उनले भारतीय हस्क्षेपले सिमा नाघेको बताउँदै अब कुनै अवस्थामा भारत सामु घुँडा नटेक्ने बताएका छन् । बिदेशीहरुको हस्क्षेपले सबै क्षेत्र तहस नहस भएको बताउँदै क्रान्ति कारी माओवादीले सबै खाले समस्याको समाधान गर्दै देश जोगाउने गजुरेलको दावी थियो । अखिर क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल सँगको कुराकानी नेपाल पुकार डट कमको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नुहुने छ ।