एमसीसी बिरुद्ध काभ्रेमा बिशाल प्रदर्शन हुँदै ।

0
923

दरवार निकटको शाही युवा शक्ति नेपालले काभ्रेको बनेपामा शनिवार दिउँसो एम सी सी बिरुद्ध प्रदर्शन गर्ने भएको छ । शाही युवा शक्ति काभ्रेको आयोजनामा हुने कार्यक्रममा नेपाली सेनाका अवकास प्राप्त जर्नेल डा प्रेम सिंह बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले जानकारी दिए । शाही युवा शक्ति काभ्रेका अध्यक्ष प्रेम बैदारको संयोजकत्वमा युवाहरुको ब्यापक उपस्थितीमा बि रोध कार्यक्रम हुन लागेको हो । कार्यक्रममा भाग लिन बिरगोर्खली अभियान, लगायत बिभिन्न अभियानका प्रतिनिधीहरु काभ्रे पुगेको आयोजकले जनाएको छ । आजको बिरोध कार्यक्रम काभ्रेकै सबैभन्दा ठुलो हुने आयोजकको दावी छ । राज परिवार र शाह वंशले जोगाएको देशमा दलतन्त्रले हाली मुहाली गरी देश नै गुम्न लागेको दावी गर्दै खड्काले देशैभर एमसीसीको बिरोध जारी रहेको बताएका छन् । कुनै पनि सर्तमा एम सी सी ल्याउन नहुने शाही युवा शक्ति नेपालको बुझाई रहेको छ ।