राष्ट्रघाती नेतालाई बुटले हान्न पुर्व जर्नेलले दिए सेना र प्रहरीलाई आदेश ।

0
1341

नेपाली सेनाका पुर्व जर्नेल डा प्रेम सिंह बस्न्यातले गद्धार नेतालाई जुत्ताले हान्नु पर्ने बताएका छन् । काभ्रेको बनेपामा आयोजित एमसीसीको बिरोध कार्यक्रममा बोल्दै उनले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता कार्यान्वयन गर्न खोज्ने नेताहरुलाई अब सेना प्रहरीले बुट बजारेर सलाम गर्ने होइन बुटै बुटले हान्नु पर्ने बताएका छन् । उनले प्रधानसेनापति जर्नेल र प्रहरीका आईजिपीलाई गद्धारहरु माथि कारबाही गर्न अपिल गरेका छन् । सेना र प्रहरीे जागिरे मानसिकताबाट माथि उठे मात्रै देश जोगाउन सक्ने बताएका हुन् । अमेरिकालाई गाली गर्नु भन्दा एमसीसी ल्याउन बिन्ती पत्रहाल्ने काँग्रेसका शेर बहादुर देउवा,माओवादीका प्रचण्ड,बाबुराम र एमालेका के पी ओलीहरुलाई जनताले कारबाही गर्नु पर्ने बताएका हुन् । दरबार निकटको शाही युवा शक्ति नेपालले आयोजना गरेको बिरोध कार्यक्रमा बोल्दै बस्न्यातले न्यायालय भित्रका दलालका कारण न्याय मरेको ठोकुवा गरे ।

उनले हिन्दु,बौद्ध,किराँत,मुस्लिम धर्म सहितको राज संस्था अहिलेको आवश्यकता भएको र त्यसले मात्रै देश जोगिने दावी गरे । कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजा र शाह वंशले बनाएको देशमा गणतन्त्रका श्यालहरुले राज्य गरेको भन्दै यो ब्यबस्था रहँदा सम्म एमसीसी जस्ता कयौ राष्ट्रघाति कार्याक्रमहरु आईरहने बताएका छन् । उनले देश जोगाउने हो भने यो ब्यबस्थानै फाल्नु पर्ने धारणा राखेका थिए । जव सम्म जनताले सहयोग गर्दैनन् तव सम्म नेताहरु नझस्कीने उनको भनाई थियो । सो कार्यक्रममा नेपाली सेनाका अवकास प्राप्त जर्नेल डा प्रेम सिंह बस्न्यातको दमदार भाषण नेपाल पुकार डटकमको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नुहुने छ ।