पहिलो र दोस्रो विश्व युद्धको समयमा गोर्खा सैनिकले गरेको योगदानका कारण जिवीत रहेको बेलायतले देश जोगाउने सुरक्षाकर्मीमाथि गरेको बिभेदको पुर्व सुरक्षाकर्मी परिषद्ले आपत्ति जनाएको छ । विर गोर्खा फौजले जोगाएको भुगोलमा तिनै सैनिकहरु पिडीत र बिभेदको सिकार हुनुले गोर्खा सैनिकको मनोवल कम्जोर भएको पनि स्मरण गराएको छ । पुर्व सुरक्षाकर्मी परिषद्का अध्यक्ष के वी राउतद्धारा जारी बिज्ञप्तीमा सन १९४७ मा नेपाल,भारत र बेलायत बिच भएको त्रिपक्षिय सन्धीमा गोर्खा सैनिकलाई कुनै किसिमको बिभेद नगरिने भनिए पनि ब्यबहारमा लागु हुन नसकेकोमा दुवै देशका सरकारको ध्यानाकर्षण गराइएको छ ।
विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि समान पेन्सनलगायतका माग राखी गत १७दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपुगोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । गोर्खा भूपू सैनिकहरुले तलब, भत्ता, पेन्सन र अन्य सुविधाहरु वेलायती सैनिक सरह उपलब्ध गराउन र सबै खालका विभेदहरुको अन्त्य गर्न माग गरेका छन् । हालभइरहेको शान्तिपूर्ण संघर्षमा ऐक्यवद्धता जनाउँदै नेपाल सरकार र बेलायत सरकार समक्ष तत्काल सबै मागहरुको उचित सम्बोधन होस, भनि पुर्व सुरक्षाकर्मी परिषद्ले आग्रह गरेको छ ।