ओलीले अपवित्र गठबन्धन भने पछि रिसाए बाबुराम,जो चोर उसैको ठुलो स्वर ।

0
457

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको साझा न्युनतम कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सीमा समस्या रहेको भनी उल्लेख गरेकामा आलोचना गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन नसकेको ? भनी प्रश्न गर्नुभयो । ‘लिम्पियाधुुरा, लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन सक्नुभएन ? के लिम्पियाधुरा लिपुलेक र कालापानी समस्या हो ? हाम्रो अभिन्न भूभाग हो, हाम्रो पवित्र भूभाग हो ?’ उहाँले भन्नुभयो । लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या हो भनेर छाडिदिएमा समस्या समाधान नहुने भन्दै ओलीले सोध्नुभयो, ‘स्पष्ट रुपमा यो हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्न किन सक्नुभएन ?, त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?

यी भूमि छोड्ने अधिकार कसैलाई नभएको भन्दै ओलीले अहिलेको सरकारले फिर्ता गर्न नसकेमा डेढ वर्षपछि फेरि आफ्नै नेतृत्वको सरकारले फिर्ता लिने दावी गर्नुभयो । ‘तर ठीकै छ, तपाईले फिर्ता लिन सक्नुभएन भने हामी छौं’ उहाँले भन्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन गरेर हटाए पनि आफू फेरि मुलढोकाबाटै प्रधानमन्त्री पदमा फर्किने बताउनु भएको छ । प्रमुख प्रतिपक्षी नेताका रुपमा प्रतिनिधिसभामा मंगलबार आफ्ना भनाइ राख्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो । ओलीले आफू प्रधानमन्त्री हुन नभइ देशको सेवाका लागि जन्मिएको पनि बताउनुभयो । ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, देशको सेवा गर्न जन्मिएको होु, ओलीले भने, ‘६४ वर्षसम्म त म प्रधानमन्त्री थिइँन तर पनि भइयो ।’प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले जुन चोर उसैको ठूलो स्वरको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले गठबन्धन सरकार तथा उसले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको व्यापक आलोचना गरेका थिए ।