पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार १२३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार १९४ र एन्टिजेन विधिबाट १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार १५० जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ ।
कोरोनाको लहर फैलिन थाले पछि सरकारले कडाई गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको जानकारी गराउनुभयो । अत्यावश्यक सवारीसाधन चाहिँ जुनसुकै वेला चल्न दिइने छ ।