एमसीसी पास गर्नेलाई सिस्नु पानीले डामेर जुत्ताको माला लगाउनु पर्छ प्रा.डा. उप्रेती ।

0
1235

प्राध्यापक डा राम प्रसाद उप्रेतीले एमसीसी पास गर्ने नेतालाई जनताले सिस्नु पानीले डामेर जुत्ताको माला लगाउने बताउनु भएको छ । नेपाल पुकार सँगको कुराकानीमा डा उप्रेतीले एमाले अध्यक्ष के पी ओलीले एमसीसी पास गर्न आलटाल गरेकोले सरकार फेरिएको तर्क गर्दै देउवा नेतृत्वको सरकार एमसीसी पास गर्ने सर्तमा बनेको दावी गर्नु भएको छ । एमसीसी पास गर्ने नेताहरु पत्तासाफ हुने दावी गर्दै आगामी निर्वाचनमा भोट माग्न गाउँ गए जनताले बाँकी नराख्ने उहाँले तर्क गर्नु भएको हो । नेताहरु देश प्रति भन्दा बिदेशीहरु प्रति बफादार भएको आरोप लगाउँदै पैसाका लागि नेताले आमा पनि बेच्न सक्ने बताउनु भयो । नेताको पैसा लोलुप चरित्रका कारण विदेशीले नोकर जस्तो ब्यबहार गर्ने गरेको तर्क गर्दै उहाँले संसारको सबैभन्दा उत्कृष्ठ देश बिदेशीका खेताला नेताले बरबाद बनाएको बताउनु भयो । त्यस्ता नेतालाई जनताले छिट्टै कठघरामा उभ्याउने उहाँको भनाई छ ।

सत्य कुरा स्थापित हुन अलिक समय लागे पनि देश बेच्न खोज्नेहरुको एक एक हिसाव गर्ने उहाँको भनाई छ । प्रचण्ड अमेरिकाले जारी गरेको रेड कर्नर नोटिस फिर्ता लिने दाउमा लागेको बताउँदै अब ज्यानमाराहरुको दिन सकिएको बताउनु भयो । १० बर्षमा गरेको पाप अब प्रचण्डको धुरीबाट कराउने उहाँको भनाई छ । जनताका छोराछोरी मारेर लुटेको धनमा मोज गर्नेले ठुलो मुल्य यहि जुनिमा चुकाउनु पर्ने उहाँको भनाई छ । स्वच्छ निर्वाचन भए प्रचण्डको जमानत जफत हुने थियो भन्दै नागरिक आयोग बनाएर भ्रष्टहरुलाई जेलमा हाल्ने आफुहरुको तयारी रहेको उहाँको भनाई थियो । त्रिभुवन विश्व बिद्यालय चिकित्सा शिक्षा संकायका प्रोफेसर डा राम प्रसाद उप्रेतीसँगको रोचक कुराकानी नेपाल पुकार युट्युवमा हेर्न सक्नुहुने छ ।