लुम्बिनि प्रदेशको सरकार ढल्यो,मुख्यमन्त्रीले दिए राजिनामा ।

0
703

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका हुन् ।एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दल एमाले र माओवादी केन्द्रको समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल १९ वैशाख २०७८ मा बिहानै राजीनामा दिएर सोहि दिन अवेर राति पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । यो पटक उनी धारा १६८ को उपधारा १ बमोजिम नियुक्त भएका थिए ।४१ जना एमालेका सांसदहरुको हस्ताक्षरमा प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई पुनः नियुक्त गरेपनि त्यहाँ रहेका ३ जना एमाले सांसदहरुले उनको छाथ छाडेपछि उनी अल्पमतमा परेका हुन् ।दाङका अमर डाँगी र कपिलवस्तुका दीर्घनारायण पाण्डेले एमालेसँगै सांसद पदबाट राजीनामा दिए भने नेकपाको उपनिर्वाचनबाट आएकी एमाले सांसद विमला वलीले साथ छाडेर माओवादीतिर लागिन् ।

परिस्थितिमा नाटकीय फेरबदल नभए माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री चयन हुन सक्नेछन् ।विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन् । यसअघि उनी नेकपाको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।

यो पनि पढ्नुहोला । प्राध्यापक डा राम प्रसाद उप्रेतीले एमसीसी पास गर्ने नेतालाई जनताले सिस्नु पानीले डामेर जुत्ताको माला लगाउने बताउनु भएको छ । नेपाल पुकार सँगको कुराकानीमा डा उप्रेतीले एमाले अध्यक्ष के पी ओलीले एमसीसी पास गर्न आलटाल गरेकोले सरकार फेरिएको तर्क गर्दै देउवा नेतृत्वको सरकार एमसीसी पास गर्ने सर्तमा बनेको दावी गर्नु भएको छ । एमसीसी पास गर्ने नेताहरु पत्तासाफ हुने दावी गर्दै आगामी निर्वाचनमा भोट माग्न गाउँ गए जनताले बाँकी नराख्ने उहाँले तर्क गर्नु भएको हो । नेताहरु देश प्रति भन्दा बिदेशीहरु प्रति बफादार भएको आरोप लगाउँदै पैसाका लागि नेताले आमा पनि बेच्न सक्ने बताउनु भयो । नेताको पैसा लोलुप चरित्रका कारण विदेशीले नोकर जस्तो ब्यबहार गर्ने गरेको तर्क गर्दै उहाँले संसारको सबैभन्दा उत्कृष्ठ देश बिदेशीका खेताला नेताले बरबाद बनाएको बताउनु भयो । त्यस्ता नेतालाई जनताले छिट्टै कठघरामा उभ्याउने उहाँको भनाई छ ।

सत्य कुरा स्थापित हुन अलिक समय लागे पनि देश बेच्न खोज्नेहरुको एक एक हिसाव गर्ने उहाँको भनाई छ । प्रचण्ड अमेरिकाले जारी गरेको रेड कर्नर नोटिस फिर्ता लिने दाउमा लागेको बताउँदै अब ज्यानमाराहरुको दिन सकिएको बताउनु भयो । १० बर्षमा गरेको पाप अब प्रचण्डको धुरीबाट कराउने उहाँको भनाई छ । जनताका छोराछोरी मारेर लुटेको धनमा मोज गर्नेले ठुलो मुल्य यहि जुनिमा चुकाउनु पर्ने उहाँको भनाई छ । स्वच्छ निर्वाचन भए प्रचण्डको जमानत जफत हुने थियो भन्दै नागरिक आयोग बनाएर भ्रष्टहरुलाई जेलमा हाल्ने आफुहरुको तयारी रहेको उहाँको भनाई थियो । त्रिभुवन विश्व बिद्यालय चिकित्सा शिक्षा संकायका प्रोफेसर डा राम प्रसाद उप्रेतीसँगको रोचक कुराकानी नेपाल पुकार युट्युवमा हेर्न सक्नुहुने छ ।