ओलीलाई प्रतिपक्षको कुर्सी नै सुहाऊँदो रहेछ गगन थापाले गरे कटाक्ष ।

0
732

नेपाली काँग्रेसका युवा नेता गगन थापाले एमाले अध्यक्ष के पी ओली हरेक दिन संसदमा आएर प्रतिपक्षीको भुमिका निर्वाह गरिदिन आग्रह गरेका छन् । जनताले चुनोर पठाएका माननियले कहिले सम्माननिय बनाउछन् कहिले माननिय बनाउँछन् भन्दै आफ्नो भुमिका निर्वाह गर्न अनुरोध गरे । आफु प्रधानमन्त्री हुँदा हरेक दिन काण्ड घटाउने र काण्ड घटाउनेलाई संरक्षण गर्ने बताउँदै संबिधान र कानुन भन्दा माथि भएको अहंकार गर्नाले अहिले बिचल्ली भएको गगनको धारणा थियो । ओलीको अहंकार र क्रोधले सरकार गिरेको स्मरण गराए । देउवा नेतृत्वको सरकारले कुराले होइन कामले जनताको मन जित्नु पर्ने धारणा राखे । द्रुत गतिमा सरकारले खोप लगाउने ब्यबस्था गर्न उनले माग गरे । सरकारले किन पुर्णता पाउन सकेन भन्दै उनले तत्काल सरकार बिस्तार गर्न देउवालाई दवाव दिए । परमादेश कै आधारमा संसद भित्र छिरेर परमादेश कै बिरोध गर्ने औकात कहाँबाट आयो भन्दै उनले प्रतिपक्षी नेताहरु माथि हमला गरे । नागरिकता बिद्येयक,एसिड आक्रमण सम्बन्धी बिद्येयक,जय सिंह धामीको घटना लगायतका बिषय ओझेलमा परेको भन्दै जनताको हित हुने गरी काम गर्न आग्रह गरे । ओलीलाई प्रतिपक्षको कर्सि नै सुहाएको र देउवालाई सत्तापक्षको कुर्सी सुहाएको गगनको धारणा थियो ।

यो पढ्नु भयो ? कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति भएका छन्।ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै सडक प्रदर्शनसमेत भएका थिए। एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको छ। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको ती मन्त्रीले बताए।कुलमानलाई प्राधिकरणमा ल्याउने सरकारको निर्णयले देउवा सरकार प्रति नागरीको धारणा सकारात्मक बनेको छ । सामाजिक सञ्जालमा यतिबेला देउवा सरकारको हाईहाई देखिएको छ । तत्कालिन अवस्थामा कुलकमानको पुर्न नियुक्तिको माग गर्दै स्वतस्फुर्त रुपमा सडक आन्दोलन समेत भएको थियो भने सामाजिक सञ्जालबाट ओली सरकारको चर्को आलोचना भएको थियो ।

जनताको सिम्प्याथी जित्न देउवा सरकारले कुलमानलाई पुन नियुक्ती गरेको हो । उनको कार्यक्रामा नेपालमा जारी रहेको लोडसेडिङ चामत्कारीक ढंगबाट अन्त्य भएको थियो । यसअघि गत मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका थिए।अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामोसमय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए।उनको चारवर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुननियुक्ति गरेको थिएन।उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो