विश्लेषक डिल्लीराम खनालले नेपाली जनताको निन्द्रा खुलाउन भए पनि एमसीसी पास गर्नु पर्ने बताएका छन् । नेपाल पुकार सँगको कुराकानीमा खनालले नेताहरुले यति ठुलो देश द्रोह गर्न लाग्दा पनि सडकमा नउत्रिने जनताको उठीवास लगाउन भए पनि राष्ट्रघात हुनु पर्ने तर्क गर्छन् । घाम जस्तै छर्लङ रहेको देश नै नरहने गरी विदेशीका एजेण्ट नेताले ल्याउन लागेको ५० अर्ब बराबरको अमेरिकी लगानीका विरुद्ध जनताको आवाज नआएको बताउँदै खनालले अस्मिता बेचिँदा पनि नबोल्ने जनता के जनता भन्दै देउवा सरकारले चाँडो भन्दा चाँडो एमसीसी पास गरोस् भन्नछन् । नेपाललाई कृडास्थल बनाउन लागेको हेरेर बस्ने नेपाली सेना,प्रहरी र निजामती कर्मचारी पनि भ्रष्टहरुको भक्त भएको उनको आरोप थियो । नेपाल एक चिन निती भन्ने चिन नेपालको सन्दर्भमा वास्तै नगर्ने भन्दै चिनिया चाल ठिक नभएको उनको आरोप थियो । भारत पश्चिमाहरुको डिजाईन अनुसार नेपाललाई आफ्नो पञ्जामा राख्न चाहन्छ भन्दै भारत र चिन नेपालको बिकास र समृद्धिको पक्षमा नरहेको दावी गरे । सामाजिक सञ्जालमा भाईरल रहेको विश्लेषक डिल्लीराम खनाल सँगको कुराकानी नेपाल पुकार टि भी मा हेर्न सक्नुहुने छ ।
गगनका कुरा, नेपाली काँग्रेसका युवा नेता गगन थापाले एमाले अध्यक्ष के पी ओली हरेक दिन संसदमा आएर प्रतिपक्षीको भुमिका निर्वाह गरिदिन आग्रह गरेका छन् । जनताले चुनोर पठाएका माननियले कहिले सम्माननिय बनाउछन् कहिले माननिय बनाउँछन् भन्दै आफ्नो भुमिका निर्वाह गर्न अनुरोध गरे । आफु प्रधानमन्त्री हुँदा हरेक दिन काण्ड घटाउने र काण्ड घटाउनेलाई संरक्षण गर्ने बताउँदै संबिधान र कानुन भन्दा माथि भएको अहंकार गर्नाले अहिले बिचल्ली भएको गगनको धारणा थियो । ओलीको अहंकार र क्रोधले सरकार गिरेको स्मरण गराए । देउवा नेतृत्वको सरकारले कुराले होइन कामले जनताको मन जित्नु पर्ने धारणा राखे । द्रुत गतिमा सरकारले खोप लगाउने ब्यबस्था गर्न उनले माग गरे । सरकारले किन पुर्णता पाउन सकेन भन्दै उनले तत्काल सरकार बिस्तार गर्न देउवालाई दवाव दिए । परमादेश कै आधारमा संसद भित्र छिरेर परमादेश कै बिरोध गर्ने औकात कहाँबाट आयो भन्दै उनले प्रतिपक्षी नेताहरु माथि हमला गरे । नागरिकता बिद्येयक,एसिड आक्रमण सम्बन्धी बिद्येयक,जय सिंह धामीको घटना लगायतका बिषय ओझेलमा परेको भन्दै जनताको हित हुने गरी काम गर्न आग्रह गरे । ओलीलाई प्रतिपक्षको कर्सि नै सुहाएको र देउवालाई सत्तापक्षको कुर्सी सुहाएको गगनको धारणा थियो ।