प्रचण्डले दुवईमा ५९ अरब लुकाएको खुलासा,प्रेम सञ्जेललाई अख्तियार प्रमुख बनाउन माग ।

0
1072

विश्लेषक हेमन्त सेडाईले कुलमान घिसिङलाई नेपाल बिद्युत प्राधिकरणमा ल्याउर सरकारले राम्रो कामको सुरुवात गरेको बताएका छन् । नेपाल पुकारसँगको कुराकानीमा उनले राम्रो कामलाई निरन्तरता दिने हो भने अब प्रेम सञ्जेललाई अख्तियारको प्रमुख बनाउनु पर्ने बताएका छन् । हाम्राको होइन राम्रालाई अवसर दिनु पर्ने उनको धारणा थियो । प्रा डा सुरेन्द्र के सी,आविष्कार केन्द्रका महाविर पुन,सन्दुक रुईत जस्ता ब्यक्तिहरुलाई अवसर दिन सरकारसँग माग गरेका छन् । देउवा सरकारले राई मेन राईट प्लेसको सिद्धान्तबाट अगाडी बढेमा नागरिकले हाई गर्ने बताएका छन् । उमेश श्रेष्ठलाई स्वास्थ्य र शिक्षा क्षेत्रको माफिया भएको आरोप लगाउँदै कर नतिर्ने ब्यक्तिलाई स्वास्थ्य राज्य मन्त्री बनाउनु देउवा सरकारको नालायकीपन भएको सेडाईको भनाई थियो । सरकार गठन भएको १ महिना बितीसक्दा पनि सरकारले पुर्णता नपाउनु विडम्बना भएको उनको भनाई थियो । एमसीसी भन्दा धेरै ठुलो पुँजी नेपाल भित्रै भएको भन्दै प्रचण्डको दुवई बैंकमा ४१ अरव लुकाएर राखेको खड्ग बहादुर वि क ले लगाएको आरोप र बाबुरामले गोरखाबाट क्यान्टोन्टमेन्टको १८ अरव गर्दा ५९ अरव ठुलो की ५० अरव ठुलो भन्दै प्रचण्डलाई कारबाही गर्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस्वि श्लेषक डिल्लीराम खनालले नेपाली जनताको निन्द्रा खुलाउन भए पनि एमसीसी पास गर्नु पर्ने बताएका छन् । नेपाल पुकार सँगको कुराकानीमा खनालले नेताहरुले यति ठुलो देश द्रोह गर्न लाग्दा पनि सडकमा नउत्रिने जनताको उठीवास लगाउन भए पनि राष्ट्रघात हुनु पर्ने तर्क गर्छन् । घाम जस्तै छर्लङ रहेको देश नै नरहने गरी विदेशीका एजेण्ट नेताले ल्याउन लागेको ५० अर्ब बराबरको अमेरिकी लगानीका विरुद्ध जनताको आवाज नआएको बताउँदै खनालले अस्मिता बेचिँदा पनि नबोल्ने जनता के जनता भन्दै देउवा सरकारले चाँडो भन्दा चाँडो एमसीसी पास गरोस् भन्नछन् । नेपाललाई कृडास्थल बनाउन लागेको हेरेर बस्ने नेपाली सेना,प्रहरी र निजामती कर्मचारी पनि भ्रष्टहरुको भक्त भएको उनको आरोप थियो । नेपाल एक चिन निती भन्ने चिन नेपालको सन्दर्भमा वास्तै नगर्ने भन्दै चिनिया चाल ठिक नभएको उनको आरोप थियो । भारत पश्चिमाहरुको डिजाईन अनुसार नेपाललाई आफ्नो पञ्जामा राख्न चाहन्छ भन्दै भारत र चिन नेपालको बिकास र समृद्धिको पक्षमा नरहेको दावी गरे । सामाजिक सञ्जालमा भाईरल रहेको विश्लेषक डिल्लीराम खनाल सँगको कुराकानी नेपाल पुकार टि भी मा हेर्न सक्नुहुने छ ।