एमसीसीको बिरोध गर्दै ज्ञानेन्द्र शाहीले निकाले मोटर साईकल र्याली,माधव नेपालको घर घेराऊ ।

0
3282

एमसीसी बिरुद्ध नेवा एकता मञ्च र अभियन्ताहरु सडकमा उत्रिएका छन् । ललितपुरको ग्वार्कोबाट सुरु भएको मोटरसाईकल र्याली राजधानीका बिभिन्न स्थानको परिक्रमा गरी कोटेश्वरमा रहेको एमालेका वरिष्ठ नेता माधव नेपालको निवासमा पुगेर ज्ञापन पत्र बुझाउने प्रयास गरेको थियो । तर माधव नेपाल घरमा नभएको जानकारी आए पछि नेवार समुदायका अगुवाहरुले माधव नेपाल बिरुद्ध नारावाजी गरेका थिए । नेवा एकता मञ्चले राष्ट्रघाती एमसीसी रोक्न दवाद दिने उद्धेश्यले सबै दलका शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने बताएको छ । आजबाट सुरु भएको दवावमुलक कार्यक्रम निरन्तर जारी रहने नेवा एकता मञ्चले जनाएको छ । आजको कार्यक्रममा भ्रष्ट्राचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाही लगायत अन्य अभियन्ताहरुको पनि उपस्थिती रहेको थियो । सो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त प्रतिकृया दिंदै अभियन्ता शाहीले जनताको दवाव थेग्ने औकात नभएका नेताहरुले आफुहरुको आवाज दवाउन खोजेको भन्दै माधव नेपालको बिरोध गरे ।

यो समाचार पढ्नु भयो ? विश्लेषक हेमन्त सेडाईले कुलमान घिसिङलाई नेपाल बिद्युत प्राधिकरणमा ल्याउर सरकारले राम्रो कामको सुरुवात गरेको बताएका छन् । नेपाल पुकारसँगको कुराकानीमा उनले राम्रो कामलाई निरन्तरता दिने हो भने अब प्रेम सञ्जेललाई अख्तियारको प्रमुख बनाउनु पर्ने बताएका छन् । हाम्राको होइन राम्रालाई अवसर दिनु पर्ने उनको धारणा थियो । प्रा डा सुरेन्द्र के सी,आविष्कार केन्द्रका महाविर पुन,सन्दुक रुईत जस्ता ब्यक्तिहरुलाई अवसर दिन सरकारसँग माग गरेका छन् । देउवा सरकारले राई मेन राईट प्लेसको सिद्धान्तबाट अगाडी बढेमा नागरिकले हाई गर्ने बताएका छन् । उमेश श्रेष्ठलाई स्वास्थ्य र शिक्षा क्षेत्रको माफिया भएको आरोप लगाउँदै कर नतिर्ने ब्यक्तिलाई स्वास्थ्य राज्य मन्त्री बनाउनु देउवा सरकारको नालायकीपन भएको सेडाईको भनाई थियो । सरकार गठन भएको १ महिना बितीसक्दा पनि सरकारले पुर्णता नपाउनु विडम्बना भएको उनको भनाई थियो । एमसीसी भन्दा धेरै ठुलो पुँजी नेपाल भित्रै भएको भन्दै प्रचण्डको दुवई बैंकमा ४१ अरव लुकाएर राखेको खड्ग बहादुर वि क ले लगाएको आरोप र बाबुरामले गोरखाबाट क्यान्टोन्टमेन्टको १८ अरव गर्दा ५९ अरव ठुलो की ५० अरव ठुलो भन्दै प्रचण्डलाई कारबाही गर्न माग गरेका छन् ।