अफ्गानिस्तानमा कार्यरत नेपालीको तत्काल उद्धार गर्न पुर्व सुरक्षाकर्मी परिषद्को माग ।

0
1004

अफगानिस्तानका बिभिन्न दुतावासहरुमा कार्यरत पुर्व सुरक्षाकर्मीहरुलाई तत्काल नेपाल फर्काउन पुर्व सुरक्षाकर्मी परिषद्ले माग गरेको छ । पछिल्ला दिनमा अफगानिस्तानमा बढेको हिंसाका कारण अन्य देशले आफना नाागरिक फिर्ता लगि सकेको समयमा नेपाल सरकारले ढिलाइ गरेको भन्दै परिषद्ले तत्काल आपत्कालिन परिस्थीतीको अबस्था बुझि नागरिकको जिवन रक्षा गर्न बिज्ञप्ती मार्फत माग गरेको हो । परिषद्का अध्यक्ष के वि राउतद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा २० बर्ष देखि जारी रहको द्धन्द हाल उत्कर्षमा पुगेको र अफगानिस्तानका बिभिन्न देशका राजदुतावासमा कार्यरत पुर्व सुरक्षाकर्मीहरु स्वदेश र्फकन चाहेकोले तत्काल राज्यले पहल गरोस भन्दै सरकारको ध्यानकर्षण गराएको छ ।

एक हजार भन्दा धेरै नेपालीहरु बेलायती,जर्मन,जापान,अमेरीकन र क्यानडा लगायतका दुतावासमा सुरक्षाकर्मीको भुमिकामा कार्यरत रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । अन्य देशले जस्तै नेपालीलाई उद्धार गर्न परिषद्ले माग गरेको छ । केही नेपालीहरु दुवई आई पुगेको जनाउँदै बाँकी रहेका सबै नेपालीको सकुसल उद्धार गर्न सरकारसँग जोडदार माग गरेको छ । पछिल्लो दिनमा अफ्गानिस्तानमा बिद्रोह गरिरहेको तालेवान समुहले मुख्य मुख्य शहर कब्जा गरिसकोको छ । जानकारी रहोस् अफ्गानीस्तानमा रोजगारीका लागि जान सरकारले प्रतिबन्ध लगाएको छ । तर पनि राम्रो आम्दानीको लोभमा सेना र प्रहरीको जागीर छोडेर धेरै नेपालीहरु प्रतिबन्धीत मुलुक जाने गरेका छन् ।

यो समाचार पढ्नु भयो ? विश्लेषक हेमन्त सेडाईले कुलमान घिसिङलाई नेपाल बिद्युत प्राधिकरणमा ल्याउर सरकारले राम्रो कामको सुरुवात गरेको बताएका छन् । नेपाल पुकारसँगको कुराकानीमा उनले राम्रो कामलाई निरन्तरता दिने हो भने अब प्रेम सञ्जेललाई अख्तियारको प्रमुख बनाउनु पर्ने बताएका छन् । हाम्राको होइन राम्रालाई अवसर दिनु पर्ने उनको धारणा थियो । प्रा डा सुरेन्द्र के सी,आविष्कार केन्द्रका महाविर पुन,सन्दुक रुईत जस्ता ब्यक्तिहरुलाई अवसर दिन सरकारसँग माग गरेका छन् ।

देउवा सरकारले राई मेन राईट प्लेसको सिद्धान्तबाट अगाडी बढेमा नागरिकले हाई गर्ने बताएका छन् । उमेश श्रेष्ठलाई स्वास्थ्य र शिक्षा क्षेत्रको माफिया भएको आरोप लगाउँदै कर नतिर्ने ब्यक्तिलाई स्वास्थ्य राज्य मन्त्री बनाउनु देउवा सरकारको नालायकीपन भएको सेडाईको भनाई थियो । सरकार गठन भएको १ महिना बितीसक्दा पनि सरकारले पुर्णता नपाउनु विडम्बना भएको उनको भनाई थियो । एमसीसी भन्दा धेरै ठुलो पुँजी नेपाल भित्रै भएको भन्दै प्रचण्डको दुवई बैंकमा ४१ अरव लुकाएर राखेको खड्ग बहादुर वि क ले लगाएको आरोप र बाबुरामले गोरखाबाट क्यान्टोन्टमेन्टको १८ अरव गर्दा ५९ अरव ठुलो की ५० अरव ठुलो भन्दै प्रचण्डलाई कारबाही गर्न माग गरेका छन् ।