कावुल बिमानस्थल अमेरिकी से नाको क ब्जामा,बिमानस्थल अस्त ब्यस्त ।

0
935

अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गो,ली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो । तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्त,व्यस्त देखिएको छ । मलाई यहाँ धेरै डर लागिरहेको छ । धेरै हवाई फायरहरु भइसकेका छन्’, एक प्रत्यक्षदर्शीले एएफपीसँगको कुराकानीमा भने ।

डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ ।

अहिले हजारौंको संख्यामा अफगानी नागरिकहरु पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरुको ठूलो भीड देख्न सकिन्छ । केही यात्रुहरुलाई उडान रद्द गरिएसँगै विमानबाट निकालिएको देखिएको छ । अफगानी व्यवसायी सोएइब बाराकले आफूलाई काम एयरको फ्लाइटबाट निकालिएको बताएका छन् । उनका अनुसार विमानस्थलमा गोली चलेसँगै उडान रद्द गरिएको हो ।

यो समाचार पढ्नु भयो ? विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।

तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपतिले पनि देश छाडेको हल्ला चले पनि उनले आफूले काबुलमात्र छाडेको र अफगानिस्तानमै रहेको बताएका छन् ।