फेरि बढ्यो कोरोना, लकडाउन हुने सम्भावना बढ्यो ।

0
642

पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ भने ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना भाइरसको महामारीमा गोदरेजको भाइरोसिल्ड उपयुक्त देखिएको दावी गरिएको छ । कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा स्वस्थ र सुरक्षित रहन सहयोगी बनेको भाइरोसिल्ड उपयुक्त बनेको हो । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड एकदम उपयुक्त मानिएको कम्पनीले जनाएको छ ।

२ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशत भन्दा बढी कोभिड–१९ भाईरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ । भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्न नहुने कम्पनीले जनाएको छ ।

आईसीएमआर ल्याब तथा सीएसआईआर अर्गनाईजेशनद्वारा सर्टिफाईड गरिएको युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ ।
कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गईरहेको र हामी मात्र नभई हाम्रा सरसामाग्रीहरु पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाईरोसिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ । यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा। लि। ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।