अभियन्ता हेमराज थापाले नेपालको हालत अफ्गानिस्तानको जस्तै हुने बताएका छन् । नेपाल पुकार डट कमसँगको कुराकानीमा थापाले अमेरिका जसरी अफ्गानिस्तानी सेनालाई तालिम दिने बाहानमा पसेको थियो त्यसैगरी नेपाल पस्न खोजेको तर्क गरेका छन् । यदि अमेरिकाको अभिष्ट पुरा गर्ने गरी नेताहरुले एमसीसी पास गरेमा युवाहरुले कुनै पनि हातलमा बाँकी नराख्ने बताएका छन् । हजारै युवाले संसद भवन हाते साँङलोले घेर्ने उनको दावी छ ।
अफ्गानका राष्ट्रपति हेलिकप्टर चढेर भागे जस्तो गद्धार नेतालाई भाग्न नदिने उनको भनाई थियो । देश विरुद्ध काम गर्ने नेतालाई गोलघर भन्दा ठुलो जेल बनाएर थुन्ने उनको तर्क थियो । अमेरिकी साम्राज्यवादको बिरुद्ध तालेवानले खेलेको भुमिका प्रशंसनिय भए पनि आफु धार्मिक अतिवादको पक्षमा नरहेको उनको प्रष्टोक्ती थियो । अहिलेको अवस्थामा एमसीसीका कारण नेताहरुको औकात जाँच्न सजिलो भएको भन्दै राष्ट्र प्रेमी र देश द्रोहीको कित्ता छुट्याउन सजिलो भएको उनको भनाई थियो । स्पष्ट बक्ता हेमराज थापासँगको कुराकानी नेपाल पुकार अनलाई टि भीमा हेर्न सक्नुहुने छ ।
यो समाचार पढ्नु भयो ? नेपाली सेनाका अवकास प्राप्त जर्नेल डा प्रेम सिंह बस्न्यातले अफ्गानिस्तानमा युद्धरत तालेवान समुहले सत्ता हात पारेकोमा हतारिएर शुभकामना दिएका छन् । बिगत २० बर्ष लामो युद्धको चपेटामा रहेको दक्षिण एसियाली मुलुक तालेवानले पुरै देश कब्जा गरेको र अमेरिकी फौज फिर्ता भएको भन्दै पुर्व जर्नेलले बधाई दिएका हुन् । उनले आफ्नो फेसबुक स्टाटस मार्फत यसरी बधाई दिएका छन् । जुन हामीले तल जस्ताको तस्तै प्रस्तुत गरेकाछौ ।
१ ब्रिटिशले १०० बर्ष जती, रुसले धेरै बर्ष अनी अमेरिकाले
२० बर्ष अफ्गानिस्तान मा शासन गर्न खोजे। बिकाउ नेता र भ्रस्ट कर्मचारी भएर नै त्यो सम्भब बन्यो। बिदेसीको खेलमा लाखौं अफगानीको ज्यान गयो। हिसाबै गर्न नमिल्ने धनको नोक्सानी भयो। अफगानिस्तानको भुगोल शक्ति राष्ट्रहरुको लागि न भाई नहुने बन्यो। जुन नेपालमा पनि लागु हुन्छ। नेपालको भुगोल उनिहरुको लागि महत्वपुर्ण छ। त्यसैले नेपालले पनि अफ्गानको जस्तै नियती भोग्नु पर्ने हुन सक्छ ।
२ आफ्नो देसको सार्बभौमिकताको लागि धेरै अफगानी बिदेसी को बिरुद्ध लढेर मरे। आ आफ्नो धर्म , संस्कार संस्कृतीको रक्षाको लागि।
३ हिजो अमेरिकी दलाल र अमेरिकाले उठाएको राष्ट्रपती अफ्गानिस्तान छाडेर भागी सक्यो। नेपालमा यसरी भगाउनु पर्ने दलालहरु कती छन कती ।
४ तालेबानले अब महिलालाई अधिकार र शिक्षा देओस्, काट मार रोकोस् र सुधारिएको स्लामिक कानुन लागु गरोस्। जनताको सम्मान गरोस्। अब अफ्गानिस्तानमा बिदेसी दुस्मन र स्वदेशका दुस्मनहरुको निर्मुल पारोस। ब्रिटिश, रुस र अमेरिका जस्ता शक्तिसाली देसलाई हराउने अफ्गानी रु बहादुर हुन। अब यो संसारमा अफ्गानिस्तानलाई कब्जा गर्छु भन्ने अन्य देसले शायद कल्पना गर्ने छैनन।
५ पश्चिमआका डलर् र युरो बादीका मानब अधिकारले मात्र माखो मर्दैन। अब अफ्गानिले देस बचाइ सके । देसको बिकास गरुन। अन्तरराष्ट्रिय सम्बन्ध राम्रो होस्।
६ अफगानीहरुको बीरतालाई मेरो सलाम अनी बधाई छ।
७ मेरो देस नेपालमा राष्ट्र निर्माताका सालीक भात्काउने, आमाले लगाउने सारी चोलोको खिल्ली उडाउने, बा बा ले लगाउने दौरा सुरुवाललाई सामन्तीको पोसाक ठान्ने, गाई काटेर भैंसी पूजा गर्ने, हजारौलाई मारेर छोरी ( बुहारी लाई बडी महारानी बनाउने , देस को धर्म संस्कार संस्कृती ढाल्ने देस भित्रका दुस्मनलाई निर्मुल पार्न सक्ने शक्ती चाहिएको छ। अनी बिदेसिको दलाली गर्ने नेता प्राध्यापक लेखक हरुको अभिलेखिकरण गरेर सहि जवाफ दिनु पर्छ।
८ हामी नेपालीले तालेबान बाट सिक्ने कुरा धेरै छन। पस्चिमाले भनेको जस्तो तालिबानीहरु आतंककारी मात्र पटक्कै होइनन। नेपालको सन्स्कार सन्स्क्रिती र सनातन धर्म जोगाउनु हामी सबैको कर्तब्य हो।
९ म आसाबादी छु कि १ दिन तपाईं तालेबानको बीरताको काहानी र देस भक्तिको बारेमा सिक्न जानकारी माग्न म काबुलमा पुग्न सक्नेछु।