काठमाडौ, १३ भदौ । हास्य ब्यंग्य कलाकारहरुले गाईजात्राको अवसरमा सुभकामना दिदै मुलुकमा संविधान र स्थायी शान्तिको कामना गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले गाईजात्राको अवसरमा आयोजना गरेको साक्षात्कारमा उनीहरुले विभिन्न नेताहरुको क्यारिकेचर, कविता र टुक्का भन्दै त्यस्तो कामना गरेका हुन ।
साक्षात्कारमा कलाकार दिपकराज गिरीले मुलुकमा कायम रहेको हत्या हिंसाको राजनीतिक अत्य भई नेपाली जनताले शान्तिपूर्ण बातावरणमा बाच्न पाउन भन्ने कामना गरे ।
साक्षात्कारमा उनले राष्ट्रलाई दुख परेको बेला खुसी मनाउन नसकेपछि पीडामाथि मनोरञ्जनको मल्हम लगाउनु पर्ने आवश्यकता भएको पीडामा खुसी खोज्न आफूहरु लागि परहेको बताए ।
कलाकार मनोज गजुरेलले मधेसी दलहरुले आन्दोलनमा मारिनेलाई ५० लाख दिने भनि गरेको घोषणा प्रति ब्यंग्य गर्दै आज नगद कल उधार भनेर जनताले भन्नु पर्ने बताए । उनले ५० लाख रुपैया र जनताको ज्यान कसैको मुख्य मन्त्री बन्ने सिढी नबनोस भन्ने कामना गरे ।
गजुरेलले धमला विनाको राजनीति चिनी विनाको चिया र धमला विनाको पत्रकारिता नुन विनाको तरकारी भन्दै उनको शैलीप्रति कटाक्ष गरे ।
सिताराम कट्टेलले देश रुएको बेला हसाउनु उपयूक्त नलागे पनि देशलाई दुखबाट बाहिर निकाल्न हसाउनु पर्ने बाध्यता भएको भन्दै अब मुलुक राजनीतिमा मात्र केन्द्रीत नभई संविधान र शान्तिपूर्ण बाच्ने बातावरण बनोस भन्ने कामना गरे ।
उनले देशको पछिल्लो अवस्था, राजनीति दलहरुको गतिविधी, भारतीय हस्तक्षेप र क्लबका अध्यक्ष ऋषि धमलाको प्रस्तुती शैली प्रति ब्यङग्य गर्दै काग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा, हरिबंश आचार्य, केपी ओली, रामचन्द्र पौडेलको क्यारिकेचर गरे ।
दिपाश्री निरौलाले देश रोएको बेला हास्न नसकिने भन्दै रोपाईमा नजानु होला कृषि मन्त्रीले समाउला भन्ने प्यारोडी प्रस्तुत गरिन । उनले भाग्य भन्दा पहिला कोही नभेटिने भनि धमलाले विवाह कहिले गर्नु हुन्छ भनि गरेको प्रश्नको जवाफ दिईन ।
शिवहरी पौडेलले देशलाई सकारात्मक ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउँदै आफूहरुल वर्षमा एक दिन नेताहरुलाई ब्यंग्य गरे पनि नेताहरुले बर्षै भरी नेपाली जनतालाई ब्यंग्य गर्ने गरेको बताए ।
उनले तपाई मलाई च्यानल दिनु म तपाईलाई ऋषि धमला दिन्छु भन्ने ब्यंग्यात्मक प्यारोडी प्रस्तुत प्रस्तुत गरे ।
राजाराम पौडेलले सबैको धर्म राम्रो हुने उल्लेख गर्दै कसैको धर्म राम्रो भए किन खर्च गरेर प्रचार प्रसार गर्नु पर्ने भनि धर्म परिवर्तन प्रति ब्यंग्य गरे ।
केदार घिमिरेले म बाहुन किसानको छोरो यो देशको शासक भएछु भन्ने जातीय विभेदको कुराप्रति ब्यंग्यात्मक प्रस्तुती गरे । उनले धुर्मुस माग्ने बुढा विच मनमुटाव भएको खवर आउने उल्लेख गर्दै धुमुर्ससँग हात मिलाएर झगडा नभएको देखाए ।
मुलुकमा शान्ति कायम होस भन्ने कामना गर्दै भुईचालो मा आफूले भोगेका दुखलाई रमाईलो पारामा प्रस्तुती गरे ।
कलाकार किरण केसीले समस्या पुरानै छ, गोली बारुद नयाँ नया छ भन्ने प्यारोडी प्रस्तुत गर्दै धमलाको हमला कार्यक्रम र राजनीति प्रति ब्यंग्य गरे ।
देवी राम पराजुलीले मुलुकमा बढ्दो जातीय, धार्मि यूद्ध प्रति सचेत हुन आग्रह गर्दै नेपालमा शान्ति स्थापना होस भन्ने सन्देश सुनाए ।
कलाकार शिवशंकर रिजालले राजनीतिक भ्रष्टाचारको गित प्रस्तुत गरेका थिए । श्रीकृष्ण सिंखडाले प्रधानमन्त्री, एमाओवादी अध्यक्ष र काग्रेस बरिष्ठ नेताको क्यारिकेचर गरेका थिए ।