तालेवानलाई ज्ञानेन्द्र शाहीले दिए बधाई,नेपाल अफ्गान जस्तै हुन सक्ने खतरा ।

0
2189

भ्रष्ट्राचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले अफ्गानि जनताको जित भएकोमा बधाई दिएका छन् । अमेरिकी साम्राज्यका विरुद्ध तालेवानले सुरु गरेको देश,धर्म,भाषा र संस्कृति बचाउने आन्दोलन मात्रै सफल नभई बिदेशी सेना विरुद्धको लडाई समेत जितेको उनको भनाई छ । नेपाल पुकारसँगको कुराकानीमा शाहीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएको अभिब्यक्ति नै अफ्गानको वास्तविकता भएको बताए ।

आफुहरु धार्मिक राज्यको पक्षमा नभए पनि अफ्गानका मुस्लिम समुदायले तत्कालै जनताको बाँचन पाउने अधिकारको संरक्षण गर्नु पर्ने बताए । जसरी अमेरिकी एयर फोर्सको बिमानले धावन मार्गमा जनता लतार्दै मार्ने काम गर्यो यो अत्यन्तै निन्दनिय भएको उनको भनाई थियो । प्लेनको टायरमा झुण्डिएर आफ्नो देश फर्कन लागेका नागरिक माथि ज्यादती भएकोमा उनले खेद ब्यक्त गरे । उनले नेपाली जनता मौन बस्ने हो भने विदेशीलाई खुसि बनाउन पल्केका नेताहरुबाट देश खतरामा पर्ने बताएका छन् ।

एमसीसी लागु भए देशको अवस्था सिरिया,ईराक,इरान र अफ्गानिस्तान जस्तै बन्ने उदाहरण समेत दिए । आम नागरिकलाई सुसुचित गर्ने काम आफु लगायत केही अभियन्ताहरुले गरेको स्मरण गर्दै उनले जनतालाई जगाउन कम्तीमा पनि २० बर्ष लाग्ने बताए । आम नागरिकले चाहे भने साम्रज्यवादी शक्तिले पनि घुँडा टेक्नु पर्ने रहेछ भन्दै जनताको एकता नै देश जोगाउने अन्तीम हतियार भएको शाहीको भनाई थियो । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीसँगको गम्भिर कुराकानी नेपाल पुकारको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नहुनेछ ।

नेपाली सेनाका पुर्व जर्नेलले दिए तालेवानलाई बधाई । नेपाली सेनाका अवकास प्राप्त जर्नेल डा प्रेम सिंह बस्न्यातले अफ्गानिस्तानमा युद्धरत तालेवान समुहले सत्ता हात पारेकोमा हतारिएर शुभकामना दिएका छन् । बिगत २० बर्ष लामो युद्धको चपेटामा रहेको दक्षिण एसियाली मुलुक तालेवानले पुरै देश कब्जा गरेको र अमेरिकी फौज फिर्ता भएको भन्दै पुर्व जर्नेलले बधाई दिएका हुन् । उनले आफ्नो फेसबुक स्टाटस मार्फत यसरी बधाई दिएका छन् । जुन हामीले तल जस्ताको तस्तै प्रस्तुत गरेकाछौ ।

१ ब्रिटिशले १०० बर्ष जती, रुसले धेरै बर्ष अनी अमेरिकाले
२० बर्ष अफ्गानिस्तान मा शासन गर्न खोजे। बिकाउ नेता र भ्रस्ट कर्मचारी भएर नै त्यो सम्भब बन्यो। बिदेसीको खेलमा लाखौं अफगानीको ज्यान गयो। हिसाबै गर्न नमिल्ने धनको नोक्सानी भयो। अफगानिस्तानको भुगोल शक्ति राष्ट्रहरुको लागि न भाई नहुने बन्यो। जुन नेपालमा पनि लागु हुन्छ। नेपालको भुगोल उनिहरुको लागि महत्वपुर्ण छ। त्यसैले नेपालले पनि अफ्गानको जस्तै नियती भोग्नु पर्ने हुन सक्छ ।

२ आफ्नो देसको सार्बभौमिकताको लागि धेरै अफगानी बिदेसी को बिरुद्ध लढेर मरे। आ आफ्नो धर्म , संस्कार संस्कृतीको रक्षाको लागि।
३ हिजो अमेरिकी दलाल र अमेरिकाले उठाएको राष्ट्रपती अफ्गानिस्तान छाडेर भागी सक्यो। नेपालमा यसरी भगाउनु पर्ने दलालहरु कती छन कती ।
४ तालेबानले अब महिलालाई अधिकार र शिक्षा देओस्, काट मार रोकोस् र सुधारिएको स्लामिक कानुन लागु गरोस्। जनताको सम्मान गरोस्। अब अफ्गानिस्तानमा बिदेसी दुस्मन र स्वदेशका दुस्मनहरुको निर्मुल पारोस। ब्रिटिश, रुस र अमेरिका जस्ता शक्तिसाली देसलाई हराउने अफ्गानी रु बहादुर हुन। अब यो संसारमा अफ्गानिस्तानलाई कब्जा गर्छु भन्ने अन्य देसले शायद कल्पना गर्ने छैनन।

५ पश्चिमआका डलर् र युरो बादीका मानब अधिकारले मात्र माखो मर्दैन। अब अफ्गानिले देस बचाइ सके । देसको बिकास गरुन। अन्तरराष्ट्रिय सम्बन्ध राम्रो होस्।
६ अफगानीहरुको बीरतालाई मेरो सलाम अनी बधाई छ।
७ मेरो देस नेपालमा राष्ट्र निर्माताका सालीक भात्काउने, आमाले लगाउने सारी चोलोको खिल्ली उडाउने, बा बा ले लगाउने दौरा सुरुवाललाई सामन्तीको पोसाक ठान्ने, गाई काटेर भैंसी पूजा गर्ने, हजारौलाई मारेर छोरी ( बुहारी लाई बडी महारानी बनाउने , देस को धर्म संस्कार संस्कृती ढाल्ने देस भित्रका दुस्मनलाई निर्मुल पार्न सक्ने शक्ती चाहिएको छ। अनी बिदेसिको दलाली गर्ने नेता प्राध्यापक लेखक हरुको अभिलेखिकरण गरेर सहि जवाफ दिनु पर्छ।

८ हामी नेपालीले तालेबान बाट सिक्ने कुरा धेरै छन। पस्चिमाले भनेको जस्तो तालिबानीहरु आतंककारी मात्र पटक्कै होइनन। नेपालको सन्स्कार सन्स्क्रिती र सनातन धर्म जोगाउनु हामी सबैको कर्तब्य हो।
९ म आसाबादी छु कि १ दिन तपाईं तालेबानको बीरताको काहानी र देस भक्तिको बारेमा सिक्न जानकारी माग्न म काबुलमा पुग्न सक्नेछु।