अध्यादेश बिरुद्ध गर्जिए गगन थापा, समर्थन गर्न सक्दिन,देउवाले माफि माग्नु पर्छ ।

0
592

नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अ ध्यादेश ल्याउनु गलत भएको बताएका छन् । अहिलेको सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने भए केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने उनको भनाइ छ । सामाजिक सन्जालमा थापाले लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अ ध्यादेश ल्याउनु गलत हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

उनी थप लेख्छन्, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनरहुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’साथै उनले ओलीले ल्याएको अ ध्यादेशको समर्थन गर्नेहरुलाई अहिले अध्यादेशको विरोध गर्ने हक नभएको पनि बताएका छन् । ‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अ ध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन÷हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

मेलम्चिमा फेरी आयो बाढी,३ घर बगायो । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची ६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए ।उनका अनुसार बाढीले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको छ । थप घर र बाटोसमेत जोखिममा रहेको उनले बताए ।यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ ।गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।