नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ । राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’
नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरु पदाधिकारीबारे छलफल नै भएको छैन । देउवा नेतृत्वको सरकारले एमालेमा देखिएको आन्तरीक विबादको समाधान गर्न माधव नेपाल कै आग्रहमा ओली सरकारले तयार पारेको अध्यक्षदेश जारी गरेको हो ।
गण्डकी सरकारले बनायो मन्त्रीहरुका लागि नयाँ आचार सँहिता । गण्डकी प्रदेश सरकारले मन्त्रीहरुले मुख्यमन्त्रीको आलोचना गर्न नपाउने गरी आचारसंहिता बनाएको छ । मन्त्रिपरिषदले पारित गरेको ३० बुँदे आचारसंहितामा मन्त्रीले मुख्यमन्त्री, सरकारका नीति, कार्यक्रम र बजेटको विरुद्धमा बोल्ने नपाउने उल्लेख गरिएको छ । त्यस्तै कास्की बाहिर जाँदा पनि मुख्यमन्त्रीलाई जानकारी गराएरमात्र जानुपर्ने जनाइएको छ ।‘मन्त्रीले कास्की जिल्ला बाहिर जानु पर्दा वा विदेश भ्रमणमा जानु पूर्व मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने छ,’ आचारसंहितामा भनिएको छ । सरकारले अघिल्लो मन्त्रिपरिषदले बनाएको ३० बुँदे आचारसंहितालाई केही संशोधन गरी पारित गरेको हो ।
मन्त्रिपरिषद वा मन्त्रिपरिषदका सदस्यका बीचमा भएको वा हुने कुनै पनि विवाद सञ्चारमाध्यममार्फत अभिव्यक्त गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठन भएको ४ दलको गठबन्धनबाट गठित सरकारमा १ स्वतन्त्र सांसदसहित ३ दल सहभागी छन् । राष्ट्रिय जनमोर्चा पार्टी नीति अनुसार सरकारमा सहभागी छैन ।मुख्यमन्त्रीसहित ५ मन्त्रालय कांग्रेसको भागमा पर्दा अर्थमन्त्री रामजी बरालको नेतृत्वमा ४ मन्त्रालय लिएर माओवादी सरकारमा छ भने जनता समाजवादी पार्टीका एक र स्वतन्त्रबाट राजवि गुरुङ ९दीपक मनाङे० सरकारमा छ ।
जनता समाजवादी पार्टीका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सरकार सहभागी गराउने विषयमा सहमति गरेर पनि कांग्रेसले बेइमानी गरेको बताउँदै आएका छन् भने सरकारभित्रै रहेर नराम्रो कामको भण्डाफोर गर्ने उनले बताउँदै आएका छन् । युवा तथा खेलकुद मन्त्री मनाङले पनि सरकारकाविरुद्धमा बेला मौकामा अभिव्यक्ति दिने गरेका छन् ।