हेमराज थापाको चेतावनी एमसीसी पास भए संसद र सिंहदरवार कब्जा गर्छौ ।

0
1217

अभियन्ता हेमराज थापाले एमसीसी पास भए युवाले सिंहदरवार र संसद भवन कब्जा गर्ने बताएका छन् । नेपाल पुकार सँगको कुराकानीमा थापाले एमसीसी पास भएकै दिन राजधानीका लाखौ युवा सडकमा उत्रिने दावी गरेका छन् । देश घाती सम्झौता संसदबाट पास हुन्छ भन्ने कुरामा युवालाई विश्वास नै नलागेको तर्क गर्दै थापाले यदि त्यसो भए अफ्गानि राष्ट्रपतिले देश छोडेर भागे जस्तो नेपालका नेतालाई भाग्न समेत नदिने उनको तर्क थियो । देशको अस्तित्व समाप्त गरेर विदेश भाग्न खोजे एयरपोर्ट नै कब्जा गरेर भौतीक कारबाही गर्ने उनले दावी गरे । युवा शक्तिलाई कम्जोर नठान्न चेतावनी दिंदै थापाले हिम्मत र दम भए एमसीसी संसदबाट पास गरेर देखाउन चुनौती दिए । स्पष्ट बक्ता हेमराज थापासँग गरिएको कुराकानी नेपाल पुकारको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।

थापाले नेपालको हालत अफ्गानिस्तानको जस्तै हुने बताएका छन् । थापाले अमेरिका जसरी अफ्गानिस्तानी सेनालाई तालिम दिने बाहानमा पसेको थियो त्यसैगरी नेपाल पस्न खोजेको तर्क गरेका छन् । यदि अमेरिकाको अभिष्ट पुरा गर्ने गरी नेताहरुले एमसीसी पास गरेमा युवाहरुले कुनै पनि हातलमा बाँकी नराख्ने बताएका छन् । हजारै युवाले संसद भवन हाते साँङलोले घेर्ने उनको दावी छ ।

अफ्गानका राष्ट्रपति हेलिकप्टर चढेर भागे जस्तो गद्धार नेतालाई भाग्न नदिने उनको भनाई थियो । देश विरुद्ध काम गर्ने नेतालाई गोलघर भन्दा ठुलो जेल बनाएर थुन्ने उनको तर्क थियो । अमेरिकी साम्राज्यवादको बिरुद्ध तालेवानले खेलेको भुमिका प्रशंसनिय भए पनि आफु धार्मिक अतिवादको पक्षमा नरहेको उनको प्रष्टोक्ती थियो । अहिलेको अवस्थामा एमसीसीका कारण नेताहरुको औकात जाँच्न सजिलो भएको भन्दै राष्ट्र प्रेमी र देश द्रोहीको कित्ता छुट्याउन सजिलो भएको उनको भनाई थियो । स्पष्ट बक्ता हेमराज थापासँगको कुराकानी नेपाल पुकार अनलाई टि भीमा हेर्न सक्नुहुने छ ।