एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको फुटलाई सामान्य भएको बताएका छन् । एमालेबाट केही साथीहरु टुक्रिएको बताउँदै सुर्य रुपी ग्रहलाई कुनै पनि असर नपर्ने र नपारेको बताएका छन् । अफ्गानिस्तानमा अलपत्र परेका १५ हजार नेपालीलाई नेपाल ल्याउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । सुकुम्बासीलाई दिन लागेको जग्गा खोस्ने काम गरेको भन्दै सरकारको आलोचना गरे । उनले १४ जना सांसदलाई कारबाही गर्न गरेको सिफारिस कार्यान्वयन नगरेको भन्दै सभामुख अग्नी प्रसाद साप्कोटाको कार्यशैली प्रति आपत्ति जनाएको छन् ।
उनले १४ जना सांसदको पद खारेज नगरे सभामुख बिरुद्ध प्रतिरोधमा उत्रिने बताए । अध्यादेश बिरुद्धको आन्दोलनमा प्रहरी दमन गरेको भन्दै प्रहरीलाई दमन नगर्न आग्रह गरे । उनले छिट्टै एमाले राजकाज चलाउने बताए । पार्टी बिभाजनको सन्दर्भमा बस्नेतले एमाले भक्तपुरका ८२ जना मध्ये ८ जना मात्रै बिभाजनको पक्षमा लागेको स्मरण गर्दै बिभाजनले कुनै पनि असर नपार्ने बताएका छन् । भक्तपुर एक रहेको बताउँदै अन्य पार्टीबाट एमाले प्रवेश गराउने क्रम बढेको दावी गरे । बिगतमा समानुपातिकमा ४० हजार भोट आएको स्मरण गराउँदै आगामी निर्वाचनमा भक्तपुरबाट समानुपातिकमा १ लाख भोट ल्याउने दावी गरे । उनले माधव नेपाल पक्षका ५८ जना मध्ये १३ जनाले फिर्ता लिएको बताए ।
३१ जना सांसदहरु मध्ये ७ जनाले फिर्ता लिइसेको दावी गर्दै उनले प्रचण्ड र देउवाको षड्यन्त्र चाँडै विफल हुने बताए । चार बर्षे कार्यकालमा २० अर्ब बजेट छुट्याउने निर्णय गरिदिएकोमा ओलीको प्रसंसा गरे । यो बर्ष मात्रै ४ अर्ब बजेट छुट्याईदिएको भन्दै ओली प्रति आभार ब्यक्त गरे । भक्तपुरको समग्र बिकासकालागि फेरि पनि के पी ओली प्रधानमन्त्री हुनु पर्ने धारणा राखे । भक्तपुरका सम्पुर्ण पुरातात्विक संरचनाको काम पुर्णरुपमा सम्पन्न भएको बस्नेतले घोषणा गरे । केपी ओलीको सरकारले बिकास निर्माणको युग भएको बस्नेतले बताए ।