बाटो विराएकालाई घर फर्कन के पी ओलीको अपिल ।

0
575

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन नेताहरुलाई आग्रह गरेका हुन् ।आफूले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि नलिएर अध्यक्ष नै हुनका लागि पार्टी फुटाएको ओलीले बताए । ‘त्यो लिस्टबाट नाम कटाउनुस्, तपाईं हामीले बनाएको पार्टी हो आउनुस् काम गरौं’ उनले भने, ‘कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र ईश्याका लागि पार्टी र आन्दोलनलाई कमजोर पार्नु हुन्न ।

’अध्यक्ष ओलीले निर्वाचन आयोगमा माधव नेपालले बुझाएको सूचीमा आफू नरहेको घोषणा गर्न अप्ठेरो नमान्न पनि नेताहरुलाई आग्रह गरे । ‘त्यहाँ आफू नभएको कुरा अप्ठेरो नमानी घोषणा गर्नुस् आउनुस् काम गरौं । देशको भविष्य बनाऔं, आफ्नो पनि भविष्य बनाऔं’ उनले भने । भक्तपुरका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोही अलमल वा भ्रममा परेर गएको भए सम्झाउन पार्टीका नेताहरुलाई आग्रह गरे ।अहिलेको सत्तारुढ गठबन्धनले एमाले फुटाउने मनसाय राखेर अध्यादेश जारी गरेको भन्दै ओलीले आपत्ति जनाए । ‘एमाले फुटाएर कमजोर पार्ने गलत मनसाय राखेर, मान्छे गन्ने जति मान्छे छ त्यति प्रतिशत राखेर अध्यादेश जारी गरियो’ उनले भने ।लामो समयदेखि एमालेविरुद्ध चलेको अभियान निष्कर्षतिर पुग्नै लागेको ओलीले टिप्पणी गरे । ‘एक ढंगले केही मान्छेहरुको एमाले सिध्याउने उद्देश्य थियो’ उनिहरु सफल हुलागेको तर्क गरे ।

सोही कार्यक्रममा बोल्दै एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको फुटलाई सामान्य भएको बताएका छन् । एमालेबाट केही साथीहरु टुक्रिएको बताउँदै सुर्य रुपी ग्रहलाई कुनै पनि असर नपर्ने र नपारेको बताएका छन् । अफ्गानिस्तानमा अलपत्र परेका १५ हजार नेपालीलाई नेपाल ल्याउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । सुकुम्बासीलाई दिन लागेको जग्गा खोस्ने काम गरेको भन्दै सरकारको आलोचना गरे । उनले १४ जना सांसदलाई कारबाही गर्न गरेको सिफारिस कार्यान्वयन नगरेको भन्दै सभामुख अग्नी प्रसाद साप्कोटाको कार्यशैली प्रति आपत्ति जनाएको छन् ।

उनले १४ जना सांसदको पद खारेज नगरे सभामुख बिरुद्ध प्रतिरोधमा उत्रिने बताए । अध्यादेश बिरुद्धको आन्दोलनमा प्रहरी दमन गरेको भन्दै प्रहरीलाई दमन नगर्न आग्रह गरे । उनले छिट्टै एमाले राजकाज चलाउने बताए । पार्टी बिभाजनको सन्दर्भमा बस्नेतले एमाले भक्तपुरका ८२ जना मध्ये ८ जना मात्रै बिभाजनको पक्षमा लागेको स्मरण गर्दै बिभाजनले कुनै पनि असर नपार्ने बताएका छन् । भक्तपुर एक रहेको बताउँदै अन्य पार्टीबाट एमाले प्रवेश गराउने क्रम बढेको दावी गरे । बिगतमा समानुपातिकमा ४० हजार भोट आएको स्मरण गराउँदै आगामी निर्वाचनमा भक्तपुरबाट समानुपातिकमा १ लाख भोट ल्याउने दावी गरे । उनले माधव नेपाल पक्षका ५८ जना मध्ये १३ जनाले फिर्ता लिएको बताए ।

३१ जना सांसदहरु मध्ये ७ जनाले फिर्ता लिइसेको दावी गर्दै उनले प्रचण्ड र देउवाको षड्यन्त्र चाँडै विफल हुने बताए । चार बर्षे कार्यकालमा २० अर्ब बजेट छुट्याउने निर्णय गरिदिएकोमा ओलीको प्रसंसा गरे । यो बर्ष मात्रै ४ अर्ब बजेट छुट्याईदिएको भन्दै ओली प्रति आभार ब्यक्त गरे । भक्तपुरको समग्र बिकासकालागि फेरि पनि के पी ओली प्रधानमन्त्री हुनु पर्ने धारणा राखे । भक्तपुरका सम्पुर्ण पुरातात्विक संरचनाको काम पुर्णरुपमा सम्पन्न भएको बस्नेतले घोषणा गरे । केपी ओलीको सरकारले बिकास निर्माणको युग भएको बस्नेतले बताए ।