नेपाली सेनाले पायो नयाँ प्रधानसेनापति,प्रभुराम शर्मालाई नियुक्ती गर्न सिफारिस ।

0
581

मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । हाल शर्मा कायम मुकायम प्रधान सेनापति छन् । सरकारले भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ । बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुँदै आएको थियो ।सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बाटो विराएकालाई घर फर्कन के पी ओलीको अपिल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन नेताहरुलाई आग्रह गरेका हुन् ।आफूले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि नलिएर अध्यक्ष नै हुनका लागि पार्टी फुटाएको ओलीले बताए । ‘त्यो लिस्टबाट नाम कटाउनुस्, तपाईं हामीले बनाएको पार्टी हो आउनुस् काम गरौं’ उनले भने, ‘कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र ईश्याका लागि पार्टी र आन्दोलनलाई कमजोर पार्नु हुन्न ।

’अध्यक्ष ओलीले निर्वाचन आयोगमा माधव नेपालले बुझाएको सूचीमा आफू नरहेको घोषणा गर्न अप्ठेरो नमान्न पनि नेताहरुलाई आग्रह गरे । ‘त्यहाँ आफू नभएको कुरा अप्ठेरो नमानी घोषणा गर्नुस् आउनुस् काम गरौं । देशको भविष्य बनाऔं, आफ्नो पनि भविष्य बनाऔं’ उनले भने । भक्तपुरका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोही अलमल वा भ्रममा परेर गएको भए सम्झाउन पार्टीका नेताहरुलाई आग्रह गरे ।अहिलेको सत्तारुढ गठबन्धनले एमाले फुटाउने मनसाय राखेर अध्यादेश जारी गरेको भन्दै ओलीले आपत्ति जनाए । ‘एमाले फुटाएर कमजोर पार्ने गलत मनसाय राखेर, मान्छे गन्ने जति मान्छे छ त्यति प्रतिशत राखेर अध्यादेश जारी गरियो’ उनले भने ।लामो समयदेखि एमालेविरुद्ध चलेको अभियान निष्कर्षतिर पुग्नै लागेको ओलीले टिप्पणी गरे । ‘एक ढंगले केही मान्छेहरुको एमाले सिध्याउने उद्देश्य थियो’ उनिहरु सफल हुलागेको तर्क गरे ।