संसदको शिक्षा तथा स्वास्थ्य समितिले विकल्प खोजेर कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिटो गर्न अनुरोध गरेकी हुन् । कक्षा १२ को परीक्षा स्थगितलाई समितिले अस्वभाविक रुपमा लिएको सभापति घर्तीले बताइन् । उनले अगाडि भनिन्, ‘बिना विकल्प दोस्रो पटक कक्षा १२ को परीक्षा स्थगित गरियो । अब छिटो परीक्षा गरेर निकास दिन अनुरोध गर्छु ।
माधव नेपाललाई ‘छाडेका’ नेताहरुको बैठक जारी : १० बुँदे कार्यान्वयन नभए एमालेबाट ‘विद्रोह’ नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका माधव कुमार नेपाललाई छाडेका नेताहरुको बैठक बसिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत नभए विद्रोह गर्ने चेतावनी उनीहरुले दिइरहेका छन्। राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी भएपछि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठनको प्रकृया थाल्दा त्यसमा सहभागी नभइ नेता नेपाललाई छोडेका स्थायी कमिटी, केन्द्रीय कमिटी सदस्यहरु र सांसदहरु अन्तिम पटक ओलीलाई १० बुँदे सहमति अनुसार अघि बढ्न मनाउने प्रयास गर्ने, र त्यसो नभएमा विद्रोह गर्ने भन्दै शुक्रबार छलफल गरिरहेका हुन्।